के के गरे प्रधानमन्त्री ओलीले बेलायतमा? (फोटो फिचर)

युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वीजरल्याण्डको जेनेभामा सम्पन्न विश्व श्रम संगठन आइएलओको सम्मेलनमा सहभागी भएर सोमवार बेलायत आएका थिए। बेलायत आउनेबित्तिकै प्रम ओलीले अक्सफोर्डमा आयोजित एक समारोहलाई सम्बोधन गरे।

मंगलबार प्रम ओलीको बेलायतकी प्रधानमन्त्री टेरेसा मेसँग औपचारिक भेटवार्ता भएको थियो। प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटमा करिब आधा घण्टा सो भेटवार्ता भएको हो।

ओलीले बेलायतका राजकुमार ह्यारीसँग पनि भेट गरेका थिए। ह्यार्री केहि समय अगाडी नेपाल समेत गएका थिए।

बेलायती संसदमा नेपाल मामिला हेर्ने संसदीय समूहले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको कार्यक्रम सहभागी भएका थिए।

मंगलबारनै प्रधानमन्त्री ओलीसँग भूपू ब्रिटिस गोर्खा र गैरआवासीय नेपालीले दूतावासमा बेग्लाबेग्लै भेट गरी समान पेन्सन मुद्दा र दोहोरो नागरिकताका सवालमा छलफल गरेका थिए।भूपू गोर्खाहरुले प्रधानमन्त्रिलाइ स्वागत गर्दै बेलायतकी प्रधानमन्त्री टेरेसा मे संग अफ्फ्ना मागहरु रखिएकोमा खुसि व्यक्त गरेका थिए। सो अवसरमा प्रधानमन्त्रीले गोर्खा भर्तीसम्बन्धी बेलायत, भारत र नेपालबीचका भएको त्रिपक्षीय सन्धीमा पुनरावलोकन हुनुपर्ने धारणा राखेका थिए ।

साथै एनआरएन युकेको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको कदर गर्दै अभिनन्दन गरेको थियो।

बुधवार नेपाली राजदुतावास लण्डनले प्रधानमन्त्रिको स्वागतका लागि आयोजना गरेको कार्यक्रममा उल्लेख्यरुपमा नेपालीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा प्रम ओलीले विदेशमा भएका नेपालीलाई आफ्नो कारोबार टुंग्याएर स्वदेश फर्कन आग्रह गरेका छन्। बेलायति गोर्खाहरुलाइ सम्बोधन गर्दै उनले भने ‘गोर्खालीहरु वीर छन् भन्ने सबैभन्दा पहिले थाहा पाउने बेलायत नै हो।’

बुधवारनै प्रधानमन्त्री केपी शर्मा ओलीले बिबिस सेवालाई प्रत्यक्ष अन्तरवार्ता दिएका छन् । बिबिसीमा सोधिएको प्रश्नको उत्तर दिदैं उनले सगरमाथामा देखिएको भिडको अन्तरास्ट्रिय स्तरमा गलत प्रचार गरिएको बताएका थिए।

प्रधानमन्त्री ओलीलाई काम्बर्ली स्थित रोयल मिलिट्री एकेडेमीमा रहेको गोरखा ब्रिगेडको मुख्यालयमा गोरखा सैनिकहरुले गार्ड अफ अनर प्रदान गरेका थिए ।

प्रम ओली वुधवारनै लण्डन बाट रेलमा २ घण्टा लामो यात्रा गर्दै भ्रमण टोलीका सदस्य सहीत पेरिस पुग्ने छन्। बिहिवार बेलुका प्रधानमन्त्री ओलीले फ्रान्सेली समकक्षी एडवार्ड फिलिपलाइ भेट्ने बताइएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here