युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वीजरल्याण्डको जेनेभामा सम्पन्न विश्व श्रम संगठन आइएलओको सम्मेलनमा सहभागी भएर सोमवार बेलायत आइपुगेका छन। बेलायत आउनेबित्तिकै प्रम ओलीले अक्सफोर्डमा आयोजित एक समारोहलाई सम्बोधन गरेका थिए।
मंगलबार प्रम ओलीको बेलायतकी प्रधानमन्त्री टेरेसा मेसँग औपचारिक भेटवार्ता हुदैँछ। १७ बर्षपछीको उच्चस्तरिय भ्रमणलाइ कुटनैतीक दृष्टिकोणले महत्वपूर्ण मनिएको छ। साथै प्रम ओलीले बेलायतका राजकुमार ह्यारीसँग पनि भेट गर्ने कार्यक्रम छ । बेलायती संसदमा नेपाल मामिला हेर्ने संसदीय समूहले प्रधानमन्त्रीको सम्मानमा कार्यक्रम आयोजना गरेको छ । सोही दिन प्रधानमन्त्री सँग बेलायत स्थित भुपु गोर्खा सैनिकका प्रतिनिधिहरु, एनआरएन बेलायत तथा अन्य संघ-सस्थाका प्रतिनिधिहरुले भेटघाट गर्ने कार्यक्रम रहेको छ।
१२ जुनमा प्रधानमन्त्री ओली लण्डन बाट रेल चढेर फ्रान्सको राजधानी पेरिस जाने बताइएको छ। ४५० किलोमिटर दुरीमा रहेको लन्डन र पेरिसको बीच रहेको इन्ग्लिश च्यानलमा झन्डै ३८ किलोमिटर सुरुङ मार्ग समुन्द्र मुनि बनाइएको छ। १९९३ मा सम्पन्न यो रेलमार्गमा यात्रा गर्दा २ घण्टामा लन्डन बाट पेरिस पुग्न सकिन्छ। बिहिवार बेलुका प्रधानमन्त्री ओलीले फ्रान्सेली समकक्षी एडवार्ड फिलिपलाइ भेट्ने बताइएको छ।
फ्रान्स बेलायत, अमेरिका र भारतपछि नेपालले कुटनीतिक सम्बन्ध स्थापना गरेको चौथो मुलुक हो। नेपाल र फ्रान्सबीच सन् १९४९ अप्रिल २० मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपाल र फ्रान्सले यसै वर्ष कुटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाउँदै छन्।
प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल रहेका छन्। त्यस्तै सांसद विन्दा पाण्डे, परराष्ट्र सचिव र श्रम तथा रोजगार मन्त्रालयका सचिव, सरकारी संचारमाध्यमका प्रतिनिधि एबम पत्रकारहरु लगायत सहभागी रहेका छन् ।