एनआरएनए फ्रान्सको स्पोर्टस् डे यहिँ जुन १६ मा

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले विगत बर्षहरुमा झैँ एनआरएन स्पोर्ट डे यहिँ जुनको १६ तारिख मनाउने भएको छ। कार्यक्रम अन्तर्गत पुरुष युवाहरुको लागि “खुल्ला मैत्रीपूर्ण भलिवल प्रतियोगिता”, उपस्तिथहरुको मनोरन्जनको लागि म्यूज़िकल चेयर्स, बालवालिकाहरूको लागी चम्चा मा गुच्चा राखेर दौडिने खेलहरु खेलाइने छ।

भलिबलको लागि टीम दर्ता गर्न २५० युरो शुल्क तिर्नुपर्ने जानकारी दिइएको छ। भलिबल प्रतियोगिताका बिजेताले १००० युरोका साथ् शिल्ड र प्रमाणपत्र लैजाने छन, तेस्तै उपबिजेताले ५०० युरो र उत्कृष्ट खेलाडीले १०० युरोका साथ् शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन। टिम दर्ताको लागी अन्तिम मिती शुक्रबार १४ जुन तोकिएको छ।

स्थान र समय

मिति :- आईतबार १६ जुन २०१९
समय :- ११:०० बजे देखि शुरू…..
स्थान : – Metro :- ligne 8, Porte de Charenton/Porte Dorée
Tramway :- T3a (Porte de Charenton)
Centre Sportif Léo Lagrange

68 Boulevards des Maréchaux 75012 Paris

पुरा सूचना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here