“नेपाली साहित्यिक मञ्च, फ्रान्स” गठन

मञ्चमा आबद्द हुन “नेपाली साहित्यिक मञ्च, फ्रान्सको” आब्हान

फ्रान्स, २३ जेठ २०७६ । २०७६ साल जेठ १९ गते, तदनुसार जुन २, २०१९ का दिन हरिहर अर्यालको संयोजकत्वमा” नेपाली साहित्यिक मञ्च, फ्रान्स ” गठन भएको छ । नयाँ गठन गरिएको मञ्चमा ११ सदस्सीय कार्य-समिति चयन गरिएको छ ।

कार्य-समिति :

हरिहर अर्याल

अनीश त्रिपाठी

अनुराधा पौडेल

बीर बहादुर खड्का

भानु न्यौपाने

राजु खप्तडी बस्नेत

राम पाण्डे

सुजन बानियाँ

सुजन राज भट्ट

सुधीर राना

हरि प्रसाद सापकोटा

नेपाली साहित्य, कला सस्कृतिको संरक्षण र प्रचार-प्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नकालागि मञ्च गठन गरिएको हो । यस मञ्चले नेपाल, युरोप लगायत अन्य देशहरुमा रहेका विभिन्न साहित्यिक संघ-संगठनहरुसंग सहकार्य, संगठित गर्दै आगामी दिनमा साहित्य प्रतिको हाम्रो लगाब, निष्ठालाई पस्कने चौतारी बनाउने मूल उदेश्य राखेको उपस्थित साहित्यिक स्रस्टाहरुले जानकारी दिनुभयो ।

फ्रान्समा अन्य बिभिन्न संघ सस्था भएता पनि साहित्यिक सस्था नभएको कारणले गर्दा, फ्रान्समा बसोबास गर्ने साहित्य प्रेमी नेपालीहरुले २०१६-२०१७ देखि साहित्यिक मञ्च स्थापना गर्ने जमर्को भइ स्थगित भएकोमा हाल मात्र सस्थाले पूर्णता पाउन सफल भएको छ ।

साहित्यिक मञ्च स्थापाना भए पश्चात बिभिन्न बैठकहरुमा मूलत: फ्रान्समा रहेका नेपाली साहित्य र सृजनशीलताको बिकाश गर्ने उदेश्यले साहित्यप्रेमी एब आपसमा भएका आ-आफ्नो सृजनाहरु किताबको रुपमा प्रकाशित गर्ने उदेश्य रहेको छ । यसका साथै फ्रान्समा बस्ने नेपाली तथा नेपालीमूलका बालबालिकाहरुलाई नेपाली भाषा, साहित्य र सांस्कृति चिनाउन एबं रुचि बढाउने किसिमका कार्यक्रमहरु आयोजना गर्ने लक्ष्य पनि रहेको छ ।

नेपाल र फ्रान्सलाई चिनाउन बिबिध बिषय समाबेश गरेर बार्षिक स्मारिका प्रकाशन गर्ने र यो बर्ष फ्रान्स नेपाल दौत्य सम्बन्धको ७० औ बर्षको अवसर पारेर बिबिध बिषय समेटेर विशेषाङ्क स्वरुप स्मारिका समेत प्रकाशन गर्ने योजना रहेको छ ।

बैठकमा उपस्थित कार्य समिति सदस्यहरुबाट आ आफ्नो लेख रचना बाचन गर्ने परम्परा बसालेर बैठकलाई साहित्यमय बनाइएको छ । माता तीर्थ औशीको उपलक्ष्यमा बाचन गर्न प्रतिबद्धता गरिएको “आमा” शीर्षकमा बाचन गरिएका मुक्तक/कबिता निकै भाबपूर्ण थिए। कसैले जन्म दिने आमा त कसैले जन्मभूमि नेपाल आमा र राष्ट्रप्रेमले ओतप्रोत रचनाहरू वाचन गरेर आफ्नो देश र जन्मभूमिप्रति अगाध मायाँ ममता दर्शाइएको थियो । यसरी कार्य समितिका सबै पदाधिकारीले आ- आफ्नो धारणा सहित कबिता बाचन गर्दा बैठक स्थल साहित्यमय बनेको थियो ।

साहित्यिक मञ्च सबै नेपाली र साहित्य प्रेमीहरुको साझा चौतरी भएको र यहाँ समाबेश नहुनु भएका सम्पूर्ण साहित्यकार एबम साहित्य प्रेमी महानुभावहरुलाई यो मञ्च स्वागत छ भन्दै इच्छुक सबैलाई मञ्चमा संपर्क गर्न अनुरोध गरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here