१९ वर्षपछि फ्रान्समा उच्चस्तरीय भ्रमण, यस्तो छ प्रधानमन्त्रीको युरोप भ्रमणको कार्यक्रम

प्रधानमन्त्री केपी शर्मा ओली यसै साता जेठ २५ गतेदेखि ३२ गतेसम्म युरोपको साताव्यापी भ्रमणमा निस्किने भएका छन्। श्रम सम्मेलनमा सहभागी हुन स्विट्जरल्याण्डको जेनेभा आउन लागेका प्रधानमन्त्री प्रतिनिधि मण्डल सहित फ्रान्स र बेलायत को पनि भ्रमण गरी असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो जानकारी दिएका हुन् । यस भ्रमणका क्रममा नेपालले दुई वैदेशिक रोजगारीका गन्तव्य देशसँग श्रम समझदारी हुने तय भएको छ । यूएई र मोरिसससँगको श्रम समझदारीमा जेनेभामा दुई पक्षबीच हस्ताक्षर हुन लागेको छ ।

जेनेभाको कार्यक्रम:

जेनेभामा रहँदा प्रधानमन्त्री ओलीले जुन १० मा हुने श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। स्थानीय समयअनुसार जुन १० गते सम्मेलन उद्घाटनपछि अपराह्न्न प्रधानमन्त्री ओलीको सत्र सुरु हुने छ। कार्यक्रममा रसियाका प्रधानमन्त्री, फ्रान्सका राष्ट्रपति, जर्मन चान्सलर लगायतको बिश्वका ४५ रास्ट्रप्रमुखहरुको सहभागीता हुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओली उपस्तिथ हुने सत्रमा निम्नलिखित रास्ट्रप्रमुख/सरकार प्रमुख उपस्तिथ हुने छन् :

बेलायतमा उच्चस्तरिय भ्रमण :

प्रधानमन्त्री ओली सम्मेलनको उच्च सत्रमा सहभागी भएसँगै १० जुन मै बेलायत प्रस्थान गर्ने छन। प्रधानमन्त्री ओलीले बेलायत पुगेकै दिन १० जुनमा अक्सफोर्ड युनियनको कार्यक्रममा सम्बोधन गर्ने र सोहि दिन नेपाली समुदायसँग भेटघाटको कार्यक्रम रहेको छ। ओलीले बेलायती समकक्षी थेरेसा मेसँग अर्को दिन ११ जुनमा द्विपक्षीय भेटवार्ता गर्ने छन।  बेलायत नेपालको पुरानो मित्र राष्ट्र तथा पहिलो कुटनीतिक सम्बन्ध स्थापना भएको मुलुक हो। बेलायती प्रधानमन्त्री मेले आफ्नो पद छाड्ने तयारी गरिरहेकी छन्। अब उनी उनको पार्टीको नेता चयन नहुँदासम्मका लागि मात्र प्रधानमन्त्री पदमा रहने छिन्। भ्रमणका क्रममा बेलायतमा कार्यरत ब्रिटिस गोरखा सैनिकको विषयमा पनि छलफल हुने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए। नेपालका प्रधानमन्त्रीको यो १७ वर्षपछिको बेलायत भ्रमण हुनेछ । अन्तिम पटक शेरबहादुर देउवाले प्रधानमन्त्रीको रुपमा बेलायतको भ्रमण गरेका थिए ।

फ्रान्सको ऐतिहासिक भ्रमण :

बेलायत भ्रमण सकेर प्रधानमन्त्री ओली १२ जुनमा फ्रान्सको राजधानी पेरिस जाने कार्यक्रम रहेको छ। त्यहाँ रहँदा प्रधामन्त्री ओलीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने बताइएको छ। प्रधानमन्त्री ओलीले १२ जुनमै फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्ने छन्। फ्रान्स बेलायत अमेरिका र भारतपछि नेपालले कुटनीतिक सम्बन्ध स्थापना गरेको चौथो मुलुक हो। नेपाल र फ्रान्सबीच सन् १९४९ अप्रिल २० मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो।

नेपाल र फ्रान्सले यसै वर्ष कुटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाउँदै छन्। गत पुसमा काठमाडौंमा भएको परराष्ट्र मन्त्रालयका सचिव स्तरीय बैठकले उच्चस्तरीय भ्रमण गर्दै ७० औँ वर्षगाँठ मनाउने निर्णय गरेको थियो।

नेपाल फ्रान्स उच्चस्तरीय भ्रमणको इतिहासमा तत्कालीन श्री ३ जंगबहादुर राणाले सन् १८५० को बेलायत भ्रमणका क्रममा फ्रान्सको भ्रमण गरेका थिए। त्यसपछि सन् १९६६ राजा महेन्द्रले फ्रान्सको राजकीय भ्रमण गरेका थिए। उनलाई फ्रान्सका राष्ट्रपति जनरल चार्ल्स द गोल स्वागत गरेका थिए। सन् १९८३ फ्रान्सका तत्कालीन राष्ट्रपति फ्रान्सवा मितेरंले नेपालको औपचारिक भ्रमण गरेका थिए। फ्रान्सको तर्फ बाट नेपाल भ्रमण गर्ने उनि एक मात्र रास्ट्रप्रमुख हुन्।  त्यस्तै तत्कालीन राजा वीरेन्द्रले सन् १९९४ मा फ्रान्सको औपचारिक भ्रमण गरेका थिए। विरेन्द्र सन् १९८९ मा नै अध्यायनको क्रममा फ्रान्स आइसकेका थिए।

राजा बिरेन्द्र फ्रान्सका रास्ट्रपति फ्रान्सवा मितेरं संग

२०४७ सालमा प्रजातन्त्र स्थापना पछि तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी सन् १९९५ सालमा डेनमार्क सम्मेलनमा सहभागी भएर फर्किँदै गर्दा फ्रान्स पसेका थिए। त्यसपछि सन् २००१ फागुनमा तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला औपचारिक भ्रमणका लागि फ्रान्स पुगेका थिए। नेपालको तर्फबाट त्यो नै अन्तिम उच्चस्तरीय भ्रमण थियो। कोइरालाले फ्रान्सका तत्कालिन रास्ट्रपति ज्याक चिराक र प्रधानमन्त्री लियोनेल जोस्पां लाइ भेटेका थिए। त्यसपछि दुई देशबीच उच्चस्तरीय भ्रमण हुन सकेको थिएन। केपी ओलीले सन् २००६ मा उपप्रधानमन्त्री तथा पररास्ट्र मन्त्रि हुदा फ्रान्स आएका थिए।

गिरिजा प्रसाद कोइराला फ्रान्सका रास्ट्रपति ज्याक चिराक संग, ७ मार्च २००१, पेरिस फ्रान्स, स्रोत रिपोर्टर्स

फ्रान्सको नेपाली राजदुतावासले प्रधानमन्त्रीको भ्रमणको क्रममा पेरिसमा एक बिशेष कार्यक्रम गर्ने जनाएको छ। ७० औँ वर्षगाँठ लाइ बिशेष बनाउन सो कर्यक्रमको आयोजना गरिन लागेको हो। कार्यक्रमको रुपरेखा पूर्ण रुपले तय हुन् भने केहि दिन लाग्ने जानकारी प्राप्त भएको छ। फ्रान्स र नेपाल बीच हालसालै २ ओटा ठुला परियोजनाको लागि MOU हस्ताक्षर भएको थियो। केहि महिना अघि सञ्चारमन्त्रि गोकुल बास्कोटा फ्रान्स आउदा security printing र satellite project को परियोजना अगाडी बढाउने सहमति भएको थियो। परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओली फ्रान्समा रहँदा त्यहाँका लगानीकर्ताहरुसँग नेपालमा लगानी भित्र्याउने विषयमा पनि छलफल गर्ने बताए । प्रधानमन्त्री असार १ गते स्वदेश फर्किनेछन् ।

यस्तो छ कार्यक्रम :
– प्रधानमन्त्री अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को शतवार्षिकीको अवसरमा आयोजना हुने विशेष समारोहमा भाग लिन ९ देखि १० जुनसम्म स्वीट्जरल्याण्डको जेनेभामा रहने छन । सो अवसरमा प्रधानमन्त्रीले १० जुनमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जेनेभामा रहँदा साइडलाइनमा प्रधानमन्त्रीले केही द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ।

– सो पश्चात् प्रधानमन्त्रीले १० देखि १२ जुन २०१९ सम्म मित्रराष्ट्र बेलायतको औपचारिक भ्रमण गर्ने छन। उक्त भ्रमणको क्रममा बेलायतकी प्रधानमन्त्री Theresa May सँग ११ जुनमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । साथै अक्सफोर्ड विश्वविद्यालयमा १० जुनमा आयोजना गरिने एक विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
– त्यसैगरी, प्रधानमन्त्रीले १२ देखि १४ जुन २०१९ सम्म फ्रान्सको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ । सो भ्रमणको अवसरमा प्रधानमन्त्रीले फ्रान्सेली प्रधानमन्त्री Edouard Philippe सँग १२ जुनमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here