कांग्रेसका दुई दर्जन नेताहरु डेनमार्क आउदै, विदेशका नेपालीहरुलाइ राजनैतिक प्रशिक्षण दिइने

नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समितिले डेनमार्कको कोपनहेगनमा गर्न लागेको प्रशिक्षण कार्यक्रममा केन्द्रीय नेतासहित २५ जना सहभागी हुने भएका छन । २१ देखि २३ जुन सम्म हुने कार्यक्रममा समितिका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसहितका कार्यकर्तालाई दिइन लागेको प्रशिक्षण कार्यक्रममा नेपालबाट ठुलै संख्यामा कांग्रेसका नेताहरु सहभागी हुने भएका हुन ।

कार्यक्रमको संयोजन गरिरहेको डेनमार्कस्थित जनसम्पर्क समितिका अनुसार पहिलो दिन उद्घाटन, दोस्रो र तेस्रो दिन प्रशिक्षणको कार्यक्रम रहेको छ। अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले पनि विश्वभर रहेका कांग्रेसका कार्यकर्ताबीच आइडिया सेयर गर्ने र नेपालको विकासका लागि सुझाब लिन कार्यक्रम गर्न लागिएको जानकारी दिए । तर यति ठुलो संख्यामा कार्यक्रममा जाँदा सम्पर्क समितिलाई अनावश्यक आर्थिक भार पर्ने भन्दै पार्टी भित्रै विवाद सृजना भएको छ।

कार्यक्रम हुने होटेल

पार्टीका बरिस्ठ नेता रामचन्द्र पौडेलले निष्पक्ष रूपमा कार्यक्रम गर्नुपर्ने पक्षमा आफू रहेको बताए । ‘प्रशिक्षणको बोलाउनुपर्ने सबैलाई बोलाइएको छैन भन्ने सुनेको छु’ पौडेलले भने, ‘बेल्जियम, अष्ट्रेलिया, क्यानडा, जापानसहित देशका समितिलाई नबोलाइएको सुनेको छु । सबैलाई बोलालाएर राम्रो, निष्पक्ष र छरितो कार्यक्रम गर्नुपर्छ ।’ उनले भने। संसारभरबाट ३० भन्दा बढि मुलुकहरुबाट काँग्रेस कार्यकर्ताहरु कोपेनहेगन आउदै गर्दा नजिकैको देश बेल्जियमको समितिलाइ निम्ता गरिएको छैन।

डेनमार्क जाने सूचीमा उपसभापति विमलेन्द्र निधिका साथै दुई छोरा र श्रीमती रहेका छन् । साथै सूचीमा महामन्त्री डा.शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू डा.रामशरण महत, डा.मीनेन्द्र रिजाल, नवीन्द्रराज जोशी, गगन थापा, भीष्मराज आङदेम्बे, दीपक गिरी, धनराज गुरुङ, अर्जुनप्रसाद जोशी, गोविन्द्र भट्टराई, आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल, डा.आरजु राणा, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल, राजु नेपाल, कान्ता रिजाल, नानुमैंया बास्तोला, प्रतिमा गौतम, प्रकाश शर्मा (सचिव, केन्द्रीय कार्यालय) र मुक्ति आचार्य (सचिव, केन्द्रीय कार्यालय) रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here