स्पेन, अष्ट्रेलिया, कतार र बंगलादेशका लागि राजदूत सिफारिस

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चार देशका लागि राजदूत नियुक्त सिफारिस गरेको छ। स्पेनका लागि आङफुटी शेर्पा, अष्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद वाग्ले ‘भारद्वाज’ र बंगलादेशका लागि वंशीधर मिश्रलाई संसदीय सुनुवाईका लागि सिफारिश गर्ने निर्णय भएको हो  ।

वंशीधर मिश्र तिन पटक सांसद भइसकेका नेकपाका नेता हुन्। उनि एक पटक स्वास्थ्य राज्यमन्त्री समेत भएका थिए। कतारकालागि सिफारिस नारद वाग्ले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै जेल बसेका र हाल त्रिविमा अंग्रेजी विषय अध्यापन गर्छन् ।अष्ट्रेलियाका लागि सिफारिस महेश दाहाल नेपाल टेलिभिजनका पूर्व अध्यक्ष हुन् । उनी कांग्रेसबाट हालसालै नेकपा प्रवेश गरेका थिए । स्पेनका लागि सिफारिश आङफुटी शेर्पा पर्यटन व्यवसायी स्वर्गीय आङ छिरिङ शेर्पाका नातेदार भएको जानकारी आएको छ।

यसअघि बंगलादेशबाट डा. चोपलाल भुसाल, कतारबाट रमेश कोइराला र स्पेनबाट राजदूत भरत रायमाझीलाई सरकारले फिर्ता बोलाएको थियो । अष्ट्रेलियाका लागि राजदूत लक्की शेर्पाले राजीनामा दिएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here