कोरियन भाषा परीक्षा , १० हजार कोटामा ९२ हजारको प्रतिस्पर्धा, चिट चोरे तीन बर्षको लागि निष्काशन

नेपालीहरुले एसएलसी (एसइइ), प्लस टु वा डिग्री पास भएर मात्र जागिर पाउने सम्भावना न्यून छ। रोजगार पाउनको लागि बिदेशी भाषाको परीक्षा पनि पास गर्नु पर्छ। त्यस्तै भएको छ आज चलिरहेको कोरियन भाषा परीक्षा। आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । यो कोटामा ९२ हजार ३ सय ५६ युवा भिड्दैछन् । गत वर्ष पनि कोरियन भाषा परीक्षाका लागि ८२ हजारभन्दा बढीले आवेदन दिएका थिए । १८ वर्ष पूरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन्।

रोचककुरा के छ भने श्रम गर्नको लागि विदेश जान भाषाको परीक्षा दिदा चिट चोरेमा ३ बर्ष सम्म अर्को परीक्षा दिन पाइने छैन । उनीहरुलाइ स्वदेशमै बेरोजगार बस्नुपर्ने सजाय तोकिएको छ। यस वर्षदेखि भने कोरियाले फेरि भाषासँगै सीप परीक्षा पनि लिँदैछ। सीप परीक्षणमा पास नहुनेले कोरिया जान पाउँदैनन्। यस वर्ष पहिलोपटक सीसी क्यामेराको निगरानीमा परीक्षा हुन लागेको ईपीएस शाखाले जनाएको छ।

हिजो प्रधानमन्त्रीले “प्रधानमन्त्री रोजगार कार्यक्रम” मा अब काम नपाएर कोहि बिदेश जानू पर्दैन भनेको भोलि पल्ट परीक्षा दिन सडकमा सिप, भाषा सिकेका १८ देखि ३९ बर्षका युवाहरुको ताँती देख्दा श्रम सम्झौता गरेको श्रम मन्त्रालय आज आश्चर्य चकित भएको छ कि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here