नेपाल र फ्रान्स बीच सम्बन्ध स्थापना भएको ७० औं बर्ष : पेरिसमा एक बिशेष कार्यक्रम सम्पन्न

 

नेपाली राजदुतावास फ्रान्सले यहि १६ अप्रिलका दिन पेरिस १७ को नगरपालिका संग समन्वय गर्दै नेपाल फ्रान्स बीच कुटनैतिक सम्बन्ध स्थापना भएको ७० औं बर्षको अवसरमा नेपाल प्रवर्धन कार्यक्रम सम्पन्न गरेको छ। फ्रान्सका लागि नेपाली राजदुत दिपक अधिकारि र पेरिस नगरपालिकाका काउन्सिलर (युरोप तथा अन्तरास्ट्रिय मामिला प्रमुख) जं दिदिए बेर्थो ले संयुक्त रुपमा पानसमा दियो बालि उक्त कार्यक्रमको उद्दघाटन गरेका थिए। १७ पेरिसका मेयर जोफ्रे बुलार उपस्थित हुने भनिए पनि अघिल्लो दिन पेरिसको नोथ्र दाम चर्चमा लागेको आगलागीका कारण अनुपस्थित थिए भने उनको ठाउँमा उपमेयर फिलिप गेयरले नगरपालिकाको प्रतिनिधित्व गरेका थिए।

कार्यक्रममा पेरिसमा रहेका नेपाली कलाकारहरुले न्रित्य प्रस्तुत गरेका थिए भने नेपाली पोशाक, नेपाल सम्बन्धि सामग्रीहरु प्रदर्शनी, नेपाली खाना आदि बाट नेपाल चिनाउदै नेपाल सम्बन्धि डकुमेन्ट्री देखाइएको थियो ।

राजदुत अधिकारिले नोथ्र दाममा भएको आगलागीले विश्वकै एक महत्वपूर्ण सम्पदामा क्षति भएकोमा दुख प्रकट गर्दै नेपाल सरकारको तर्फ बाट फ्रान्सेली जनतालाइ सहानुभूति प्रकट गरेका थिए। साथै राजदुत् अधिकारिले नेपाल फ्रान्स सम्बन्धको ७० औं बर्षलाइ उपलब्धिमुलक बनाउदै द्विपक्षीय उच्चस्तरीय भ्रमण, पर्यटन र बैदिशिक लगानीमा अनुकुल अवस्था सृजना गर्दै अगाडी बढ्नुपर्ने बताएका थिए।

पेरिस नगरपालिकाका काउन्सिलर युरोप तथा अन्तरास्ट्रिय मामिला प्रमुख बेर्थोले नेपाल फ्रान्स बीच कुटनैतिक सम्बन्ध स्थापना भएको ७० औं बर्षको अवसरमा शुभकामना दिदैं भगवान गौतम बुद्धको देश संग फ्रान्सको भावानात्मक सम्बन्ध रहेको बताउदै यसलाइ अझै सुदृड बनाउन सांस्कृतिक आदान प्रदान हुनुपर्ने बताएका थिए। बेथ्रोले हालै कार्यभार सम्हाल्न आएका नेपाली राजदूत अधिकारीलाइ नगरपालिकाको तर्फ बाट स्वागत गरेका थिए।

कार्यक्रममा बिभिन्न मुलुकका राजदुतहरु, पररास्ट्र मन्त्रालयका प्रतिनिधिहरु, पुर्व राजदुतहरु, नेपालको हितमा बिभिन्न रुपले जोडिएका फ्रेन्चहरु, युनेस्कोका प्रतिनिधिहरु, फ्रान्स र पोर्चुगलका अवैतनिक वाणिज्वदुतहरु, बिभिन्न संघसंस्थाका प्रमुखहरु  र फ्रान्सस्थित केहि प्रबुद्द नेपाली नागरिकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको बारेमा नेपाली राजदुतावास फ्रान्सले जारि गरेको बिज्ञप्ति :

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here