एनआरएन ले लाप्राकमा बनाएका ५७३ घर सहितको बस्ति निर्माण कार्य अन्तिम चरणमा

सन् २०१६ अक्टुबरको ७ तारिख तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र एनआरएनए का तत्कालिन अध्यक्ष शेष घलेले संयुक्त रुपमा लाप्राक बस्तीको शिलान्यास गरेका थिए। केन्द्रबिन्दु भएकोले भौगोलिक हिसाबले कठिन ठाउँमा बस्ती बसाल्ने निर्णय गरिएको थियो। यो ३ बर्षको बीचमा धेरै उतारचडाव भए पनि संघका पदाधिकारीहरु पटक पटक लाप्राक पुगेर काम सकाउन लागिपरेका थिए। बस्ति निर्माण छिटो छरितो रुपमा सम्पन्न गर्न नेपाली सेना पनि खटिएका थिए।

अहिले लाप्राकमा बन्दै गरेको नमुना बस्तीको काम लगभग अन्तिम चरणमा पुगेको बताएको छ । एनआरएनको काठमाडौंमा सम्पन्न फेस टू फेस बैठकले २०७६ बैशाख १२ गते लाप्राक नमुना बस्ती हस्तान्तरण गर्ने निर्णय गरेको भएपनि त्यो मिति फेरी सरेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कित्ताकाटको काम गरी नसकेको र १२ गतेको लागि राष्टिपति विद्या देवी भण्डारीको पनि समय नमिलेकोले मिति सार्नु परेको जानकारीमा आएको छ।

गतसाता संघका अध्यक्ष भवन भट्ट सहितको टोलीले लाप्राकबस्तीको निरिक्षण गरेको थियो । निरिक्षण पछि टोलिले तत्काल लाप्राक बस्ती हस्तान्तरणको सम्भवना कम रहेको बताउँदै हस्तान्तरण मिति पछि सार्न सिफारीस गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here