
फ्रान्स, पेरिसकाे प्राचीन तथा संसारभर चर्चित गिर्जाघर ‘नोथ्र दाम’ मा भिषण आगलागी भएकाे छ। आगाे केहीबेरमै पुरै भवनभरि फैलिएकाे थियाे। के कारणले आगाे लागेकाे हाे अझैसम्म स्पष्ट हुन सकेकाे छैन। पछिल्लाे केही समयदेखि चर्च मा जीर्णोद्धारको कार्य भइरहेको थियो। अधिकारीहरुले पुनर्निर्माणकै समयमा असावधानीवश आगाे लागेकाे हुनसक्ने अनुमान गरेका छन्।

विश्व सम्पदा सूचिमा सूचिकृत उक्त प्राचीन गिर्जाघरभित्र रहेका कलाकृतिहरू जोगाउने प्रयत्न गरिरहँदा अग्निनियन्त्रकहरूलाइ आगो नियन्त्रणमा लिन हम्मे हम्मे परेको थियो । सोमवार बेलुकी साढे ६ बजे लागेको आगो मंगलबार बिहान ७ बजे मात्र नियन्त्रणमा लिइएको थियो। आगलागीबाट चर्चको छानो खसेको छ भने काठका हस्तकलाहरू नष्ट भएको बताइएको छ। चर्चको मुख्य भवन र घन्ट झुण्याइएको दुई टावर भने आगोबाट सुरक्षित रहेको जनाइएको छ।
राष्ट्रपती को प्रतिक्रिया:
फ्रान्समा महिनौँदेखि भइरहेका प्रदर्शनका पृष्ठभूमिमा राष्ट्रपति माक्रोँले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन आगलागीको घटनालाई लिएर स्थगित गरे। माक्रोँले आगलागीलाई एउटा “ठूलो विपद्” को सङ्ज्ञा दिदै उक्त चर्च पुनर्निर्माण गर्नका लागि विश्व अभियान नै सुरु गर्ने बताएका छन्। त्यसका लागि विश्वभर रहेका कलाकारहरुलाई त्यसको पुनर्निर्माणमा सहभागी हुनका लागि आव्हान समेत गरिने भएको छ।
पेरिसवासीहरुको प्रतिक्रिया :
आगलागीको दृश्य हेर्न हजारौँ मानिस काथेद्रल वरिपरिका सडकमा भेला भएका थिए। कतिपय मानिसहरू रोइरहेका थिए भने कतिपयले प्रार्थना गरिरहेका थिए। सयौं मानिसहरुले चर्च अगाडीनै रात बिताएका थिए। भेला भएका मानिसहरुले अग्निनियन्त्रकहरूलाइ तालिले स्वागत गर्दै धन्यवाद दिरहेका थिए। मुसलमान समुदायका मानिसहरुपनि चर्च अगाडी प्राथना गरिरहेका देखिन्थे। प्यारिसका थुप्रै गिर्जाघरहरूले आगलागीप्रति प्रतिक्रिया जनाउँदै घण्ट बजाएका थिए।
ऐतिहासिक चर्च :
सन् ११६३ मा यो चर्चको निर्माण कार्य सुरु भएको र सन् १३४५ मा मात्र औपचारिक रुपमा निर्माण कार्य सकिएको थियो। चर्च पेरिसको मध्य भागमा सेन नदिले बनाएको टापूमा अवस्थित छ। वार्षिक एक करोड ३० लाख पर्यटकले भ्रमण गर्ने चर्च फ्रान्सको मात्र नभई क्रिस्चियन सभ्यताकै प्रतिकको रुपमा हेरिन्छ।
अन्तरास्ट्रिय प्रतिक्रिया :
फ्रान्सको ऐतिहासिक संरचनामा भएको आगलागी प्रति विश्वभरका नेताहरुले गहिरो दु:ख व्यक्त गरेका छन्।
So horrible to watch the massive fire at Notre Dame Cathedral in Paris. Perhaps flying water tankers could be used to put it out. Must act quickly!
— Donald J. Trump (@realDonaldTrump) April 15, 2019
Notre Dame is one of the world’s great treasures, and we’re thinking of the people of France in your time of grief. It’s in our nature to mourn when we see history lost – but it’s also in our nature to rebuild for tomorrow, as strong as we can. pic.twitter.com/SpMEvv1BzB
— Barack Obama (@BarackObama) April 15, 2019
My thoughts are with the people of France tonight and with the emergency services who are fighting the terrible blaze at Notre-Dame cathedral.
— Theresa May (@theresa_may) April 15, 2019