लेजनको नेपाली कम्युनिटीको नया बर्ष कार्यक्रम भब्य रूपमा सम्पन्न

[avatar user=”laxman” size=”thumbnail” align=”left”]लक्ष्मण गगन[/avatar]
तुलुस, फ्रान्स
 फ्रेन्च फरेन  लेजनमा कार्यरत नेपालीहरुले  आयोजना गरेको बृहत भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ। फ्रान्सका दक्षिणी जिल्लाहरुमा छरिएर रहेका र बिशेष गरेर फ्रेन्च लेजनमा कार्यरत नेपालीहरुको यो  कार्यक्रममा कार्पिएन, मार्से, आभिन्यों, निम, मोनपेलिए, मियो, बनियोल सुर सेज, लीयों, आप्ट लगाएतका शहरमा बस्ने नेपालीहरुको  ठुलो उपस्थिति रहेको थियो ।फ्रान्सको रमणिए टापु ‘कर्स’ को काल्बीबाट  पनि उलेख्य संख्यामा नेपालीहरु आएका थिए भने पेरिसमा बसोबास गर्ने नेपालीहरुले पनि केहि मात्रामा सहभागिता जनाएका थिए। फ्रेन्च लेजनमा २० बर्षको कार्यकाल पछि २०१२ मा सेवानिवृत भएर गएका चन्द्र कान्त तिवारी र हाल २० बर्षको कार्यकालमै रहेका ज्ञान बहादुर गुरुङले कार्यक्रममा आ-आफ्नो मन्तब्य ब्यक्त गर्नुभएको थियो।

सनिबार  १३ अप्रिल, बिहानै सुरु भएको कार्यक्रम १२ बजेको खाना र त्यसपछि दिनभरी नै भलिबल प्रतियोगिता, पेटाँन्क खेल, बालबालिकाहरु को ‘सातो गोंफ्लाबल ‘ अनि दिदीबहिनीहरुको ‘चम्चा-अण्डा ‘ जस्ता मनोरन्जनात्मक खेलहरु निकै आकर्षणको बिषय बनेका थिए। साँझको कार्यक्रम भने नेपालको नेक्सस ब्याण्डका मनोज राइको सांगीतिक प्रस्तुति संगै गायक र बाध्यबाधकहरु सन्तोष गुरुङ, सुबर्ण घले, सुशील थापा, रंजित श्रेष्ठ र अन्य कलाकारहरुको बेजोड कन्सर्टले माहौल निकै तातेको थियो । बेलुका ०२ बजे सम्पन्न भएको उक्त कार्यक्रममा उपस्थित लगभग १०० जना सबैलाई यथास्थानमै सुत्ने व्यवस्था गरिएको थियो भने भोलिपल्ट बिहान पनि खाजाको व्यवस्था गरिएको थियो ।
‘भेअरड़ा अँ लौरगे‘ नामक गाऊमा रहेको ‘फ़ेअर्म द ला जास ‘ भाडामा लिएर आयोजना गरिएको उक्त कार्यक्रम, ‘ओद‘ जिल्लाको ‘कस्तेल्नोदारी‘ मा बसोबास गर्देइ आइरहेका नेपालीहरुको पहलमा गरिएको थियो। फ्रान्सको मेडीटेरने आसपासका धेरै जसो नेपालीहरु लेजनमा काम गर्ने भए पनि यहाका अरु नेपालीहरु बीच भेटघाटको अवसर अनि पारिवारिक र सामाजिक माहौलको सृजना गर्ने मनसायका साथ पहिलोपटक  यस्तो कार्यक्रम गरिएको हो। पेरिस भन्दा बाहिर पनि ठुलो संख्यामा नेपालीहरु छन्  र ठुला कार्यक्रमहरु हुन सक्छन भन्ने कुरा यो कार्यक्रमले देखायको छ। पेरिस स्थित नेपाली दूताबासलाइ औपचारिक रुपमा निम्तो पठाइए पनि कुनै प्रतिक्रिया आउन सकेन भने  एन. आर. एन.फ्रान्सलाइ पठाइएको  निम्तोलाइ निकै सकारात्मक रुपमा लिदै अध्यक्ष एक बहादुर मल्लले सुभकामना संदेश पठाउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here