चीनले फ्रान्ससँग तीन सय वटा जहाज (एयरबस) खरिद गर्ने, ४० अर्ब डलरको व्यापार सम्झौता

French President Emmanuel Macron (R) escorts out Chinese President Xi Jinping (L) after their meeting at the Elysee Palace in Paris, on March 25, 2019, as part of a state visit. - The Chinese president is on a three-day state visit to France where he is expected to sign a series of bilateral and economic deals on energy, the food industry, transport and other sectors. (Photo by LUDOVIC MARIN / AFP)
French President Emmanuel Macron (R) escorts out Chinese President Xi Jinping (L) after their meeting at the Elysee Palace in Paris, on March 25, 2019, as part of a state visit. – The Chinese president is on a three-day state visit to France where he is expected to sign a series of bilateral and economic deals on energy, the food industry, transport and other sectors. (Photo by LUDOVIC MARIN / AFP)

फ्रान्स नयाँ चीनसँग राजदूतस्तरीय कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो पश्चिमी मुलुक रहेको स्मरण गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘चीन र फ्रान्स विशेष मित्र’ भएको बताएका छन्। फ्रान्स भ्रमणमा रहेका सीले फ्रान्सेली समकक्षी एमानुएल मक्रोंसँग आइतबार द्वपक्षीय वार्ता गरेका थिए । उनले फ्रान्स र चीनबीचको सम्बन्धलाई थप सुमधुर बनाई दुवै देशको दीर्घकालीन विकास गर्दै यो सन्देश बाँकी विश्वलाई दिनुपर्नेमा जोड दिए।

व्यपार सम्झौता
चीनले फ्रान्ससँग तीन सय वटा एअर बस किन्ने भएको छ । चीन र फ्रान्सबीच ४० खर्ब रूपैयाँ बराबरको व्यापार सम्झौतामा एअर बस किन्ने सहमति गरिएको हो । फ्रान्स भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चीन फिङ र फ्रान्सेली राष्ट्रपति इमायुल म्याक्रोंबीचको भेटवार्ता पछि यो सम्झौता गरिएको हो । दुइ देशका रास्ट्रपतिको निगरानीमा Airbus र China Aviation Supplies Holding Company का प्रमुखहरुले व्यपारपत्रमा हस्ताछार गरेका हुन्।

दुई देशबीच गरिएको व्यापार सम्झौतामा ३७ खर्ब ३६ अर्ब रूपैयाँमा चीनले फ्रान्सेली कम्पनी एयर बसका तीन सय वटा जहाज किन्ने उल्लेख छ । फ्रान्सेली राष्ट्रपति इमायुल म्याक्रोंको कार्यालयका अनुसार तीमध्ये ए ३२० सिरिजका न्यारोबडी जहाज २९० वटा र ए ३५० वाइड बडी जहाज १० वटा हुनेछन् ।  अरु २ खर्ब ७४ अर्बका परियोजनामा भने विकासशील देशहरूमा उर्जाको किफायती खपतका क्षेत्रमा सहकार्य र १० वटा कन्टेनर निर्माणको सम्झौता छ । चीनले फ्रान्सेली कुखुराको मासुलाई चीनमा लगाउँदै आएको कर पनि हटाएको छ ।

कुटनैतिक सफलता 

चिनियाँ राष्ट्रपतिले फ्रान्सको प्रशंसा गर्दै भने “फ्रान्सप्रति चिनियाँको विशेष भावना छ।” हाल फ्रान्समा अध्ययनरत चिनियाँ विद्यार्थीको संख्या करीब चालीस हजार रहेको छ भने एक लाखभन्दा बढी फ्रान्सेली विद्यार्थीले चिनियाँ भाषा सिकिरहेका छन्। चीनको वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार चालू वर्षका अघिल्ला दुई महिना चीनले फ्रान्सबाट आयात गरेको मात्रामा ४२.२ प्रतिशतले वृद्धि भएको छ।

चिनियाँ राष्ट्रपति सी इटाली भ्रमण सकेर पेरिस आएका हुन्। सीको इटाली भ्रमणका क्रममा गत शनिबार औद्योगीक राष्ट्रहरूको समूह जी ७ को सदस्य इटालीले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभमा हस्ताक्षर गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here