गैर आवासीय नेपाली संघ (एनआरएनए) ले लामो समयदेखि माग गरे अनुरुप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैरआवासिय नेपालीका लागि छुट्टै अध्यागमन डेस्क स्थापना भएको छ ।
एनआरएनए बेलायतले सक्रियताका साथ् यो माग उठाउदै आएको थियो। एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठी लगायतले अध्यागमन विभागका प्रमुख इश्वरराज पौडेल लगायतका अधिकृतहरुसंग गरेको अन्तर्कृया कार्यक्रममा यो विषय उठाएका थिए। संस्थाका केन्द्रिय अध्यक्ष भवन भट्टले पनि त्यसबारे पहल थालेका थिए। उनले हालै गृहमन्त्री रामबहादुर थापा बादललाई समेत भटेर त्यसबारे अवगत गराएका थिए । कार्यक्रममा उपस्थित अध्यक्ष भट्टले गैर आवासीय नेपालीको माग अनुसार डेस्क स्थापना गर्नमा सफल भएकोमा खुसी ब्यक्त गर्दै त्यसका लागि नेपाल सरकारलाइ धन्यवाद दिएका छन। यस्तै उपाध्यक्ष्यद्वय कुमार पन्तले आफूहरु नेपाल सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको बताए ।
कार्यक्रममा अर्का उपाध्यक्ष कुल आचार्य, महसचिव डा बद्री केसी, प्रवक्ता भुसन घिमीरे लगायतको पनि सहभागिता रहेको थियो ।