तमु समाज बेल्जियमको दशौं अधिवेसन सम्पन्न

तमू समाज बेल्जियमको ऐतिहासीक दशौँ अधिवेशन यहि २४ मार्चका दिन बेल्जियमको प्रसिद्ध शहर ल्युभेनमा सम्पन्न भएको छ। सन २००० सालमा स्थापना भएको तमू समाज बेल्जियमको नेपाली डायस्पोरामा सबै भन्दा पुरानो र गरिमामय ईतिहास बोकेको सामाजिक संस्था हो । तमू समाज बेल्जियमले स्थापनाकाल देखी भाषा, संस्कृति तथा परम्पराहरुको संरक्षण, सम्वर्धन र विकासका लागि प्रवाश देखी घरदेस सम्म ठूलो योगदान दिदै आएको छ भने अपसी एकता, समाजिक सदभाव र सामुहिक सहभागिता र सहअस्थित्वका लागि सधै अग्र पंक्तिमा रहेर खेलेको महत्वपूर्ण भूमिकाका बारेमा बेल्जियमबासी नेपालीहरु खुलेर प्रशंसा गर्छन । बेल्जियमको नेपाली डायस्पोरामा निक्कै महत्वका साथ हेरिएको तमू समाज बेल्जियमको यस दशौँ अधिवेशनमा नन्द कुमारी गुरूङ (दुर्गा) सर्बसम्मती मा निर्बाचित भएकी छिन। उक्त अधिवेशनलाई सम्वोधन गर्नकालागि तमू छोँज धिँ गुरुङ्ग राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङ नेपालबाट आएका थिए। कार्यक्रममा बेल्जियम स्थित बिभिन्न संघ संस्थाका प्रतिनिघिहरु तथा यूरोपका बिभिन्न देसमा रहेका तमू समाजका प्रतिनिधिहरुको सहभागिता रहको थियो।

कार्यसमिति सदस्यहरुको नामावली यश प्रकार रहेको छ ।

अध्यक्ष श्रीमती नन्द कुमारी गुरुङ (दुर्गा दिदी)
प्रथम उपाध्यक्ष श्री ओमराज गुरुङ
उपाध्यक्ष श्री गङगा गुरुङ
उपाध्यक्ष श्री भाइथेवा गुरुङ(जुमकाजी)
महासचिव श्रीमती अनिता घले गुरुङ
सचिब श्री सुबाश गुरुङ
कोषाध्यक्ष श्रीमती कमला गुरुङ
सहकोषाध्यक्ष श्री राजेन्द्र गुरुङ
सदस्यहरुमा:-
श्री शुरबीर गुरुङ,
श्री,ओम प्रकाश गुरुङ
श्रीमती जिवन्ती गुरुङ
श्रीमती सरस्वती गुरुङ
श्री सुमित गुरुङ
श्रीमती चोक कुमारी गुरुङ
श्रीमती मन्दरा गुरुङ
श्री राज कुमार गुरुङ
श्रीमति अम्बिका गुरुङ
श्रीमती पुस्पा गुरुङ

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here