

न्यूजिल्याण्डको क्रिस्टचर्च शहरमा रहेको दुई मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणबाट ४९ जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टी गरेको छ । अल नूर मस्जिद र लिनउड मज्जिदमा जुमेको नमाज पढ्ने समयमा आक्रमण भएको बीबीसीमा उल्लेख छ ।
आक्रमणबाट हालसम्म ५० जनाको मृत्यु भएको रगोली लागि ६० जना जती मानिस घाइते भएकाले मृतकको संख्या अझै बढ्न सक्नेड दु:खद अनुमान गरिएको छ। आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले तीन पुरुष र एक महिलालाई पक्राउ गरेको छ ।
डेली मेलले यो आक्रमणमा २८ वर्षीय अष्ट्रेलियन युवक ब्रेन्टोन ट्यारेन्ट को संलग्नता रहेको उल्लेख छ । उनले अल नुर मस्जिद आक्रमणको फेसबुक लाइभ गरेका थिए । सैनिक पोशाक लगाएका ती व्यक्तिले कारबाट ओर्लिएर मस्जिदमा अन्धाधुन्द गोली प्रहार गरेका थिए ।
न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डनले यो घटनालाई न्यूजिल्याण्डको इतिहासकै कालो दिनका रुपमा व्याख्या गरेकी छिन् ।
बन्दुकधारी मस्जिदमा प्रवेश गर्नुभन्दा केही मिनेट अघि मात्रै बंगलादेशी क्रिकेट टोली मस्जिदबाट बाहिरिएकाले सबै सुरक्षित रहेको बंगलादेश त्रिकेट बोर्डले जनाएको छ। न्युजिल्याण्डमा टेष्ट म्याच खेल्न बंगलादेशी टोली क्राईस्टचर्च पुगेको हो । घटना पछि भोलिका लागि तय खेल रद्द गरिएको छ।