विवादित जनसम्पर्क समितिहरु मिलाउन कांग्रेस नेता पौडेल वेल्जियममा

जीवन लामिछाने। वेल्जियमस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिको पाँचौ अधिवेसन सम्वन्धी विवाद मिलाउन नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेललाइ केन्द्रिय प्रतिनिधी तोकेको थियो।  उनि यहि शनिवार ब्रशेल्स पुगेका छन। शनिवार ब्रशेल्स विमानस्थलमा उत्रिदा उनको स्वागतको लागि जनसम्पर्क समिति बेल्जियमका भु पु तथा वर्तमान कार्यसमितिका सदस्यहरु विमानस्थल पुगेका थिए ।

मार्चको पहिलो साता नेपाली जनसम्पर्क समितिको सिता सापकोटा समुह र नवगठित सुभाष गुरुङले नेतृत्व गरेको अर्को समुहले गर्न लागेका दुवै अधिवेसन नेपाली कांग्रेस पार्टी कार्यालयले फाल्गुण १४ गते एक पत्र जारी गर्दै स्थगित गरेको थियो ।

अहिले नेता किरण पौडेल बेल्जियम जनसम्पर्क समितिका समस्या सुल्झाउन र दुइ समुहलाइ मिलाउन भेटघाटमा व्यस्त छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here