सूचना तथा संचारमन्त्री गोकुल बास्कोटा फ्रान्समा, फ्रान्सका विदेश सचिव संग भेटघाट

२०१९ फ्रान्स र नेपाल बीचको द्धिपक्षीय सम्बन्धको स्थापनाको 70 औं वर्ष हो। यसलाइ सफल बनाउन र द्विपक्षीय सम्बन्ध घनिष्ठ बनाउन बिभिन्न कार्यक्रमहरु गर्ने क्रममा नेपालका सूचना तथा संचार मन्त्रि तथा सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटा फ्रान्स आएका थिए।

उनले यहि 5 मार्चका दिन फ्रान्सका विदेश सचिव जँ-बप्टिस्ट लम्योन संग भेटघाट र द्धिपक्षीय चासोका बिषयमा बार्तालाप गरेका थिए।

भेटघाट कार्यक्रममा दुइ देशहरूबीच द्विपक्षीय सम्बन्ध अझै उत्कृष्ट भएको मन्त्रिहरुले बताएका छन्। साथै एयरोस्पेस र मातृभूमि सुरक्षाका क्षेत्रहरूमा आर्थिक सहयोग सम्बन्धी दुईवटा पत्रहरुमा हस्ताक्षर गरिएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here