के गर्दैछिन मिस नेपाल शृंखला खतिवडा फ्रान्समा ?

मिस नेपाल, नेपालकी प्रख्यात सेलिब्रिटी तथा पेशागत रुपमा आर्किटेक्ट शृंखला खतिवडा यहि फेब्रुअरी २८ मा १० दिनको लागि फ्रान्स आएकी हुन्। नेपाल फ्रान्सबीच द्धिपक्षीय सम्बन्ध स्थापना भएको ७० औं वर्षको अवसरमा मिस नेपाल श्रृंखला खविडा सदभावना दुत नियुक्त भएकी थिइन। फ्रान्स आएको केहि दिनमै उनि GERS HIMALAYA नामको संस्थाले आयोजना गरेको कार्यक्रममा भाग लिन र नेपाल सम्बन्धि exposition उद्घघाटन गर्न फ्रान्सको दक्षिण मा पर्ने जेर (Gers) मा गएकी थिइन्। सो संस्थाले २० औं बर्ष देखि नेपालका बिकट ठाउहरुमा बिधालय बनाउन सहयोग देखि बिभिन्न मानवीय कामहरु गर्दै आएको छ। उनलाई नगरपालिकाका मेयर Alain Scudellaro, संसद Raymond Vall लगायत बिशिस्ट व्यक्तिहरुले स्वागत गरेका थिए। उनको Gers भ्रमणलाइ त्यहाका स्थानीय पत्रपत्रिकाहरुले समेत महत्वपूर्ण भ्रमणका रुपमा लिदैं समाचार प्रकाशित गरेका थिए।

Gers भ्रमणकै क्रममा मिस नेपालले त्यहाको मेडिकल प्रयोगशाला र पछि तुलुज सहरको भ्रमण गरेकी थिइन। तुलुज स्थित नेपाली रेस्टुरेन्ट “येति” मा नेपाली तथा फ्रेन्चहरु संग सानो अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रमकोलागि फ्रान्सनेपाल मैत्री संघका अध्यक्ष बिनोद खकुरेलले सहयोग गरेका थिए। तुलुजमा रहेको एयरबस/ATR कम्पनिमा पनि उनले छोटो भ्रमण गरेकी थिइन । 

पेरिस फर्किए लगत्तै उनले सु-प्रशिद्द Avenue Montagne मा रहेको Christian Dior’s को प्रयोगशाला भ्रमण गरेकी थिइन्। साथै उनले ऐतिहासिक भर्साइ Versaille दरवार र सुन्दर बगैंचा भ्रमण गरेकी थिइन्। भर्साइ दरवार घुम्ने क्रममा शृंखला खतिवडालाइ फ्रान्सका प्रशिद्द कुक (सेफ) Alain Ducasse ले उनको रेस्टुरेन्टमा स्वागत गरेका थिए। 

मिस नेपाल शृंखला खतिवडाले फ्रान्समा म्यानचेस्टर युनाइटेड र पिएसजीको च्यामिपयन्स लिग प्रतिस्पर्धा हेर्ने मौका मिलेको थियो । उनले म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर पोल पोग्बा, युनाइटेडका पूर्व प्रशिक्षक सल एलेक्स फर्गुसन, फ्रेन्च राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक डिडिए देशं, फ्रान्सका पूर्व राष्ट्रपति निकोला सार्कोजी र स्टार खेलाडी प्याट्रिक इभ्रासँग फोटो खिचेकी थिइन।

सूचना तथा संचारमन्त्री गोकुल बास्कोटा र फ्रान्सका विदेश सचिव संगको भेटघाट कार्यक्रममा शृंखला खतिवडाको पनि उपस्तिथी रहेको थियो

मिस नेपाल शृंखला खतिवडा ९ मार्चका दिन नेपाल फर्किने कार्यक्रम रहेको छ। सदभावना दुत खतिवडाको सम्पूर्ण कार्यतालिका नेपाल स्थित फ्रेन्च राजदुतावासले तय गरेको हो। 

फोटो श्रोत : राजदुतावास,शृंखला खतिवडाको इन्स्ताग्राम, फ्रान्सनेपाल 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here