इनास फ्रान्सले आयोजना गरेको कलाकार छनोट कार्यक्रमका बिजयी कलाकारहरु

अन्तरास्ट्रिय नेपाली कलाकार समाज (इनास) फ्रान्सले यही आइतबार १७ फेब्रुअरीका दिन पेरिसमा आयोजना गरेको कलाकार छनोट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। प्रतिस्पर्धामा नृत्य तर्फ १२ जना र गायन तर्फ ८ जनाले भाग लिएका थिए। उल्लेख्य रुपमा फ्रान्सवासी नेपालीहरु, महामहिम राजदुतज्यु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न कार्यक्रममा बिजयी ४ जना प्रतिस्पर्धीहरुले बेल्जियममा हुन गैरहेको युरोप स्तरिय प्रतिस्पर्धामा फ्रान्सबाट भाग लिनेछन।

कलाकारहरुको एक पछि अर्को धमाकादार प्रस्तुतिका बीच जजहरु बिक्रम राइ, आभाष आचार्य, शर्मिला गुरुङ र जगत खड्कालाइ उत्कृस्ट प्रतियोगी छान्न हम्मे हम्मे परेको थियो ।

प्रतिस्पर्धीहरु मध्य गायन तर्फ २ जना र नृत्य तर्फ २ गरि ४ जना बिजयी भएका थिए।

फ्रान्सबाट छनोट हुने कलाकारहरु :

गायन तर्फ बिजयी हुनेहरु : वर्षा चुडाल र विजय शेर्पा

नृत्य तर्फ बिजयी हुनेहरु : पुजा अधिकारि र अस्मिता सापकोटा

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here