फ्रान्स सहित चार देशका लागि नवनियुक्त राजदूतले लिए शपथ

सोमबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संयुक्त अरब ईमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका कृष्णप्रसाद ढकाल, मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका  उदयराज पाण्डे, कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका दुर्गाप्रसाद भण्डारी र फ्रान्सका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका दीपक अधिकारीले राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण गरेका छन ।

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here