विवादपछि पहिलो पटक अन्तर्वार्ता दिदै पशुपति शर्मा भन्छन गीत हटाउन युवा संघ नेपालले दवाव दियो

लोकगायक पशुपति शर्माले राष्ट्रपति र प्रधानमन्त्रीलाई जनताको तहबाट सचेत गराउन पाइन्छ कि भनेर मात्रै आफूले गीत गाएको बताएका छन् । उनले देश लुट्न कसैले पनि पाउँदैन भनेर आफूले यस्तो गीत गाएको बताएका छन् । युट्युबमा अपलेड भएकाे केही समयमै उक्त गीतले भाइरल बनेकाे थियाे ।

विशेषगरी नेपालमा भएका भ्रष्टचार र बेथिती माथी कटाक्ष गरीएकाे उक्त लाेकलाेहीरी गीतमा नेपालकाे जल्दाे बल्दाे, व्इट बडिमा भएककाे भ्रष्टचार, ३३ किलाे सुनकाण्ड, राष्ट्रपतीकाे हेलीकेप्टरलगाएतका बिषयहरूमा कटाक्ष्य गरेका छन् । एक डिग्री पढेकाे युवा बेराेजगार हुनुपरेकाे अवस्थालाइ भिडियाेमा देखाएर देशकाे जल्लाे बल्दाे बिषयमा व्याङ्गय रहेकाे गायक पशुपति शर्मा उक्त गीत भाइरल बनेपछि समामजिक संजालमा एक प्रकारकाे तरङ् पैदा गर्याे ।

सरकार विरोधीले सरकारकै दबाबका कारण शर्माले यू–ट्युबबाट गीत हटाएको दावी गरिरहँदा शर्माले भने ‘स्व–इच्छा’ले भनेका छन् । तर उनले युवा संघ नेपालका व्यक्तिहरु बाट फोन आएको र उनीहरुले आफ्नो गित र कार्यक्रमहरु बहिस्कार गर्न  बिज्ञप्तिनै निकालेको भनि अन्तरबार्ताको क्रममा बिज्ञप्तिनै पढेर सुनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here