यहि १६ फेब्रुअरी शनिवार Aubervilliers नगरपालिकाले आयोजना गरेको अन्तर्राष्ट्रिय मातृ तथा राष्ट्रीय भाषा दिबसमा नेपाली जनसम्पर्क समिती फ्रान्सको सहभागिता रहेको थियो। जनसम्पर्क समितीले नेपाली राष्ट्रीय भाषा तथा संस्कृति प्रबर्दनका लागी केही थान नेपाली पुस्तक, नेपाली वर्णमाला, नेपाली अक्षर, लीपीहरु र नेपाललाई चीनाउने केही थान पोस्टरहरुका साथ कार्यक्रममा सहभागी भएको जन सम्पर्क समिति फ्रान्सले पेरिसनेपाल डट कमलाइ जानकारी दिएको छ। साथै उक्त मेलामा बिभिन्न देश बाट सयौको संख्यामा सहभागिता रहेको र धेरैले नेपालबारे चासो देखाएको समितिका संस्थापक अध्यक्ष निर्मल अर्यालले बताउनु भयो।
आयोजक Aubervilliers नगरपालिकाका मेयर Mme. Meriem Derkaoui र स्थानीय सोसीयलिस्ट पार्टीका नेता M. Marc Guerrien ले सहभागिताका लागी बिशेष धन्यवाद दिदै नेपाल र नेपालीको प्रसंसा गरेका थिए । जनसम्पर्क समितीले राखेको स्टलमा आऊने धेरैलाई नेपाल बारे थाह भएको र नेपाल एउटा सुन्दर देश भएको बताएका समितिका अध्यक्ष सुधिर रानाले जनकारी दिनुभयो।