फ्रान्समा अन्तराष्ट्रिय नेपाली कलाकार समाज (INAS) को गठन अध्यक्षमा प्रविन सापकोटा

फ्रान्समा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास ) गठन भएको छ । संस्थाको काम कारबाही अगाडी बढाउने उद्देश्य राखी प्रविन सापकोटाको अध्यक्षतामा कार्यसमिति गठन भएको हो । आउदो ३० र ३१ मार्च का दिन बेल्जियममा आयोजना हुन लागेको युरोपस्तरीय सातौं नृत्य र चौथों गायन प्रतियोगितामा यसपटक फ्रान्सका कलाकारहरुको पनि सहभागिता हुने नव गठित संस्थाले जनाएको छ । नेपाली कला र संस्कृतिको जगेर्ना गर्दै बिश्वस्तरमा चिनाउनुका साथै फ्रान्समा रहनु भएका सम्पूर्ण कलाकार र कला प्रेमीहरुलाई एकजुट भएर अगाडी बढ्ने इनास फ्रान्सको उदेश्य भएको अध्यक्ष प्रविन सापकोटाले जनाएका छन् ।

बिश्वभरि रहेका अधिकांश नेपाली कलाकार, साहित्यकार तथा कला र साहित्यप्रेमीहरुको सबै भन्दा ठूलो संस्थाको रुपमा उदाएको यो संस्थाले युरोपमा हरेक वर्ष महादेश स्तरीय गायन र नृत्य प्रतियोगिता, नेपाली फिल्मको सम्मानको लागि इनास अवार्ड र सांस्कृतिक माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा सघाऊ पुर्याउने कामहरु गर्दै आएको छ भने नेपालमा विद्यालय भवन निर्माण, वालवालिकालाई पाठ्यसामाग्री वितरण र छात्रावृत्ति प्रदान जस्ता सामाजिक कामहरुमा समेत सहयोग गर्दै आएको छ।

गठन गरिएको कार्यसमिति निम्नानुसार छ ।

अध्यक्ष: प्रविन सापकोटा

उपाध्यक्ष: जगत बहादुर खड्का

महासचिव: महेन्द्र अधिकारी

कोषाध्यक्ष: डुल्छेन लामा तामांग (सुरेश)

सदस्यहरु :

  • घनश्याम पौडेल
  • किरण केसी
  • गीता खनाल थापा
  • आभास आचार्य
  • भूबन आले
  • सुमन राई
  • मिली कोइराला
  • रिया गुरुङ (भानु)
  • शर्मिला गुरुङ
  • सालु श्रेष्ठ
  • प्रतिमा खनाल
  • अन्जेश चुडाल
  • भिम राई
  • बिपुल छेत्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here