प्रधानमन्त्री ओली माघको पहिलो साता स्वीट्जरल्याण्ड आउदै फ्रान्सको पनि भ्रमण गर्ने

KP OLI - FRANCE - NEPAL

KP OLI - FRANCE - NEPAL

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली माघको पहिलो साता स्वीट्जरल्याण्ड जाने भएका छन् । वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै माघ ६ गते (जनवरी २० तारिख)  स्वीट्जरल्याण्ड जान लागेका हुन् ।

फोरमको वार्षिक बैठक माघ ८ गते देखि माघ ११ गतेसम्म स्वीट्जरल्याण्डको डावोसमा हुँदैछ । साथै प्रधानमन्त्रीले स्वीट्जरल्याण्डका राष्ट्रपतिसँग पनि भेट गर्ने कार्यक्रम रहेकाे छ । उनले त्यहाँका राष्ट्रपति वेली माउरे सँग भेट गर्ने भएका हुन् ।विश्वका २ सयभन्दा बढी मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुख सम्मेलनमा सहभागी हुनेछन्। प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शँकरदास बैरागी, सल्लाहकारहरु विष्णु रिमाल र राजन भट्टराई प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीसहित १९ जना सहभागी हुने बताइएको छ ।

स्वीट्जरल्याण्डबाटै फ्रान्सको यात्रा

स्वीट्जरल्याण्डबाट प्रधानमन्त्री फ्रान्सको भ्रमण गर्ने संभावना रहेको बताइएको छ । प्रधानमन्त्रीलाई फ्रान्स भ्रमण गराउने तयारी भइरहेको परराष्ट्र स्रोतले बतायो । यो भ्रमणलाई विशेष भ्रमणको रुपमा लिइने छ । नेपाल फ्रान्सबीच द्धिपक्षीय सम्बन्ध स्थापना भएको ७० वर्षको अवसरमा एक कार्यक्रममा सहभागी हुन् प्रधानमन्त्री फ्रान्स आउने सम्भावना रहेको पररास्ट्र मन्त्रालयका एक कर्मचारीले बताए। कुटनीतिक सम्बन्धको वर्षगाठ मनाउने क्रममा दुई देशबीच उच्चस्तरीय भ्रमणको आदान प्रदान गर्ने सहमति भएको छ। पुस २५ गते काठमाडौंमा भएको दुई देशबीचको परराष्ट्र सचिव स्तरीय बैठकले यस्तो सहमति गरेको थियो। बैठकमा सहभागी हुन फ्रान्सका युरोप मामिला तथा परराष्ट्र मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तान नेपाल आएका थिए। भ्रमणटोलिमा फ्रान्सका लागि नव नियुक्त राजदुत दिपक अधिकारि पनि रहेका छन।

यदि यो भ्रमण भए २४ वर्ष देखि रोकिएको उच्चस्तरीय भ्रमणको सुरुवात हुने छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here