“रबि लामिछाने फाउन्डेसन” को पहिलो कदम कालिकोटको दुर्गम गाउँमा कम्युनिटी हस्पिटल बन्ने

सामुदायिक अस्पताल निर्माण अभियानलाई पुरा गर्न सामूहिक ऐक्यबद्धता जनाउँदै कानूनमन्त्री भण्डारीसहित कार्यक्रमका सहभागी । तस्वीर: शुरबहादुर सिंह

चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासंग’ बाट हजारौको उद्दार गरिसकेका रबि लामिछानेले अन्य सामाजिक काम पनि गर्दै आएका छन । उनकै नेतृत्वमा कालिकोट जिल्लामा रास्कोट कम्युनिटी हस्पिटल बन्ने भएको छ । सोहि योजनाको लागि स्थलगत अवलोकन गर्न उनको टिम यहि २७ पुषमा त्यसतर्फ प्रस्थान गरेको थियो ।

नेपालकै दुर्गम जिल्ला कालिकोटमा लगभग ३ करोड रुपैयाको लगानिमा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । त्यस क्षेत्रको लागि अत्यावश्यक उक्त अस्पताल निर्माणका लागि स्थानिय सरकारले पनि सहयोग गर्ने भएको छ । त्यसका अलावा देश विदेशमा रहेका नेपालीहरुको आर्थिक सहयोगबाट उक्त अस्पताल निर्माण सम्पन्न हुनेछ ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here