पेरिसमा ठुलो बिस्फोट ४ को मृत्यु ३७ जना घाइते [UPDATED]

प्रकाश सापकोटा फ्रान्स, पेरिस को ९ वोडा (arrondissement) स्थित एक घरमा आज शनिवार बिहानै ठुलो बिस्फोट भएको छ। पेरिस सेन्टर नजिकै पर्ने एउटा बेकरी पसल भएको घरमा करिब ९ बजे तिर भएको बिस्फोटमा परी आइतबार सम्म ४ जनाको मृत्यु भएको र ३७ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ। उद्दार गर्ने क्रममै उद्दार टोलिका २ जनाको घटनास्थलमै मृत्यु भएको हो। साथै घाइते हुने मध्य १० जनाको स्थिति गम्भीर रहेको छ।

बिस्फोटको कारण अहिले सम्म पुष्टि नभएपनि प्रारम्भिक अनुसन्धानका अनुसार ग्यास लिग भएकोले बिस्फोट भएको हुन सक्ने अनुमान गरिएको छ।

फ्रान्सका गृहमन्त्रि बिहानै घटना स्थलमा पुगेका थिए, साथै उद्दारका लागि दमकल सहित करिब २०० जना को उद्दार टोलि तथा  २ ओटा हेलिकप्टर प्रयोग गरिएका थिए । बिस्फोट भएको करिब १५० मिटरको क्षेत्रफलमा रहेका घर तथा पसलका र गाडीका सिसाहरु फुटेका छन। मृत्युहुनेको संख्या अझै बढ्न सक्ने स्थानीय संचारमध्यमहरुले जनाएका छन।

Update : आइतबार बिहान उद्दारटोलिले भग्नावशेष हटाउने क्रममा एक महिलाको शव फेला परेपछि मृत्यु हुनेको संख्या ४ पुगेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here