मगर समाज फ्रान्सले माघे संक्रान्तिको अवसरमा साँस्कृतिक कार्यक्रम गर्ने, कलाकारहरु आउदै

मगर समाज फ्रान्सले माघे संक्रान्तिको अवसरमा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपालबाट कलाकारद्वय जुना श्रीस मगर र बिलन थापा मगर ले पनि स्थानीय कलाकारहरु संगै कार्यक्रममा आफ्नो प्रस्तुतिका लागि फ्रान्स आउने भएका छन्। साथमा स्थानीय कलाकारहरुले मगर संस्कृति झल्काउने नृत्य प्रस्तुत गर्नेछन्।  कार्यक्रम यहि २० जनवरी २०१९ आइतबारका दिन Drancy स्थित हलमा हुनेछ।

दिउसो बार्हबजेदेखि शुरु हुने कार्यक्रममा मगर समुदायका परिकार र विशेष साँस्कृतिक प्रस्तुतिहरु समावेश गरिने छन्।  टिकट दर १० युरो मात्र राखिएको छ । कार्यक्रममा उपस्थित भइदिनका लागि फ्रान्समा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई समाजका अध्यक्ष रमेश थापा मगरले हार्दिक अनुरोध गर्नु भएको छ।

स्थान : 12 Rue de Stalingrad, 93700, Drancy : Station: Gaston Roulaud (Tram 1)

मिति: २० जनवरी २०१९
समय: दिउसो १२ बजे देखी बेलुका सम्म
प्रवेश शुल्क: १० € ( १२ वर्ष भन्दा मुनिका बालबालिकालाई नि:शुल्क)

कलाकारहरु :

कलाकारहरु

कार्यक्रम हुने हल :

कार्यक्रम हुने हल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here