जनसम्पर्क समिति फ्रान्सले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गर्दै

नेपाली जनसम्पर्क समिति फ्रान्सले नयाँ बर्ष २०१९ र ४३ औं राष्ट्रिय मेलमिलाप दिवस को अवसरमा यहि ६ जनवरी २०१९ आइतबारका दिन फ्रान्समा बस्ने नेपालीहरु बिच आपसी भेटघाट, शुभकामना आदानप्रदान तथा चियापानको कार्यक्रम गर्न गैरहेको छ । कार्यक्रममा फ्रान्समा स्थापित नेपाली संघ संस्थाहरु र फ्रान्सवासी सबै नेपालीहरु लाई उपस्थितिको लागि निमन्त्रणा गरिएको छ ।

मातृपार्टी नेपाली कांग्रेसको परम्परागत चियापान कार्यक्रमलाई फ्रान्समा पनि निरन्तरता दिने गरी समितिले यस्तो कार्यक्रम गर्न लागेको हो। आठ वर्षको भारत निर्वासनपछि २०३३ साल पुस १६ गते विपी कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका कांग्रेस नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नारा लिएर नेपाल फर्किएका थिए ।

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती व्यवस्था लागु गरेपछि कोइरालासहितका नेतालाई ७ वर्ष जेल चलान गरिएको थियो । जेलबाट छुटेपछि २०२५ सालमा विपीसहितका कांग्रेस नेता भारत निर्वासमा गएका थिए । भारत निर्वासित भएर बस्दा पटकपटक अपमानित हुनु परेको र भारतले आफ्नो अनुकुलमा नेपालको राजनीति अघि बढाउन चाहेको निष्कर्षका साथ विपीसहितका नेता नेपालमै बसेर राजासँगै हातेमालो गर्न सकिने भन्दै नेपाल फर्किएका थिए ।

नेपाल फर्किएर राजासँग हातेमालो गरे अघि बढ्ने भन्दै आएका उनीसहितका नेतालाई त्रिभुवन विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा लगिएको थियो । त्यहि दिनको सम्झनामा पुस १६ गतेलाई मेलमिलाप दिवसका रुपमा मनाउन थालिएको हो ।

जसस फ्रान्सको कार्यक्रम ६ जनवरी २०१९ आइतबार दिनको ३ बजे देखि ५ : ३० बजे सम्म Aubervilliers स्थित Restaurant Kamran हुने सूचनामा उल्लेख गरिएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here