स्पेनका लागि नेपाली राजदूत सहित शेरबहादुर देउवाको पालामा नियुक्त तीन राजदूत फिर्ता बोलाइए

सरकारले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा नियुक्त तीन देशका राजदूतलाई फिर्ता बोलाउने भएको छ । राजदूतहरू डा. चोपलाल भुसाल (बंगलादेश), अर्जुनजंगबहादुर सिंह (दक्षिण कोरिया) र भरतबहादुर रायमाझी (स्पेन) लाई फिर्ता बोलाउने निर्णय गरेको प्रधानमन्त्री केपी ओलीका एक सल्लाहकारले बताएको कान्तिपुर दैनिकको आज प्रकाशित समाचारमा उल्लेख गरिएको छ।राजदूतलाई नेपाल फिर्ता हुन तीन साताको समय दिइएको छ ।

गत कार्तिकमा स्पेनस्थित नेपाली राजदूत हटाउने चलखेल भनि सेतोपाटि पत्रिकाले त्यहाका कर्मचारी र राजदुत बीचको तनावको बारेमा छापेको थियो। रायमाझी सैनिक जागीरेबाट राप्रपाको कोटाबाट राजदूत बनेर आएका हुन् । राजदूतावासका प्रथम सचिव हरिहर कान्त पौडेल नेकपा एमाले निकट व्यक्ति हुन्। केहि समय अगाडी मिडियाहरुमा पनि राजदूत लक्षित गरेर उनका विरुद्धमा समाचार प्रकाशित भएका थिए र रायमाझीलाइ फिर्ता पठाउन राजनैतिक चलखेल सुरु भएको धेरैले अनुमान गरेका थिए।

सरकारले राप्रपा कोटामा देउवाकै पालामा नियुक्त इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फर्काई त्यहाँ अञ्जान शाक्यलाई नियुक्त गरिसकेको छ ।

देउवाकै पालामा तत्कालीन माओवादी कोटामा नियुक्त तीन राजदूतमध्ये लक्की शेर्पा (अस्ट्रेलिया) विवादमा परेकी छन् ‘मानव तस्करी’ आरोपमा परराष्ट्र मन्त्रालयको आन्तरिक छानबिनमा परेकी राजदूत शेर्पाका बारेमा कुनै निर्णय नगरेकोसमेत स्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालयद्वारा गठित छानबिन समितिले शेर्पालाई काठमाडौंं बोलाएर बयान लिइसकेको छ । समितिबाट छानबिन प्रतिवेदन आइनसकेकाले शेर्पालाई फिर्तागर्ने/नगर्नेबारे मन्त्रिपरिषद्ले निर्णय नलिएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here