एनआरएनएको तेश्रो अफ्रिका क्षेत्रीय भेला तथा बैठक युगान्डाको कम्पालामा आयोजना हुने

गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठक यही आउने  डिसेम्बर २९ – ३० , २०१८ मा पुर्बी अफ्रकी मुलुक युगान्डाको राजधानी कम्पाला शहरमा आयोजना हुने भएको छ । यस बैठकमा अफ्रिकाका १७ मुलुकमा रहेका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्यहरु र अन्य महादेशमा रहेका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरुको पनि सहभागिता रहने छ ।
यस क्षेत्रीय बैठकको मुल बिषय “विकासका अनुभवहरु एक आपसमा साटदै” भन्ने रहेको छ । यसै विषयमा केन्द्रित भएर विभिन्न शत्रहरु संचालन हुने छन् । जस अनुरुप अफ्रिकी विज्ञ र अफ्रिकामा कार्यरत नेपाली बिज्ञहरुद्वारा अफ्रिका क्षेत्रको विकासको अनुभवको आदान प्रदान हुने छ । साथै नेपाली श्रमिकहरुले अफ्रिकाका विभिन्न मुलुकमा भोग्नु परिरहेका समस्याहरु, मानव तस्करी र अफ्रिकन पर्यटन उद्योगका अनुभव र नेपालमा अफ्रिकी लगानीकर्ताको लगानी अनुभव बारे बैठकमा कार्यपत्रहरु प्रस्तुत र छलफल हुने जानकारी गैरआवासीय नेपाली संघ अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीले दिनु भएको छ ।
कार्कीले इजिप्ट र दक्षिण अफ्रिकाका महामहिम राजदूतहरुको बैठकमा उपस्थिति रहने र नेपालबाट परराष्ट्र वा श्रम मन्त्री मध्ये एकलाई निमन्त्रणा गरिने बारे छलफल चलिरहेको समेत जानकारी दिनु भएको छ । उक्त बैठक गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युगान्डाको आतिथ्यतामा आयोजना हुने र बैठकको तयारी शुरु भइसकेको जानकारी राष्ट्रिय समन्वय परिषद् युगान्डा अध्यक्ष  राजमणि भण्डारीले दिनु  भएको छ । बैठकका मुल विषय लगायत अफ्रिकन र नेपाली कलाकारहरुको साँस्कृतिक प्रस्तुतीका साथै नेपाली भाषा साहित्य माथी गोष्ठी समेत आयोजना गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here