एनआरएन युकेको अध्यक्षमा प्रेम गाहा मगर सहित अध्यक्ष समर्थक पुरै प्यानल विजयी

गैरआवासीय नेपाली संघ युकेको अध्यक्षमा समावेशी समूहका प्रेम गाहा मगर निर्वाचित भएका छन्। युकेमा पहिलो पटक अनलाइन माध्यमबाट गरिएको चुनावको मतदान गत मंगलबार (३ अगष्ट) दिउंसो १२ बजे सकिएता पनि चार दिन पछि मात्रै शनिबार बिहान मतदानको नतिजा घोषणा गरिएको थियो।

कोस्को कति मत ?

निर्वाचन कमिटिका अनुसार गाहा मगरले ४,५७४ मत प्राप्त गरेका छन् भने अध्यक्ष प्रत्यासी दीपक श्रेष्ठले २,१९१ र अध्यक्ष पदकी प्रत्यासी रोजिना प्रधान राईले २,१४८ मत मत प्राप्त गरेकी छन्। त्यसै गरी उपाध्यक्षमा सुनिल बाबु खड्का, नारायण कंडेल, मोहन कार्की तथा गोविन्द खरेल निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा शकुन्तला गुरुङ निर्वाचित भएकी छिन। त्यस्तै महासचिवमा खुसि लिम्बु र सचिवमा ज्ञानेन्द्र बहादुर आले तथा विष्णु चालिसे निर्वाचित भएका छन्। यसै गरी युवा संयोजकमा तिर्थ बहादुर मल्ल (अनिल) तथा महिला संयोजकमा बिमल लिम्बु निर्वाचित भएका छन्। यसैगरी इंगल्याण्ड राज्य परिषदको अध्यक्षमा लाल बहादुर गुरुङ, उपाध्यक्षमा भक्त दर्जी, त्यस्तै स्कटल्याण्ड राज्य परिषदको अध्यक्षमा काशिराम भण्डारी र उपाध्यक्षमा उज्ज्वल कार्की निर्वाचित भएका छन्। यसै गरी नर्दर्न आयरल्याण्डको राज्य परिषदको अध्यक्षमा बल बहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। प्रेम गाहा मगरको टिमले ‘क्लिन स्विप’ गरेको छ।

को हुन् प्रेम गाहा ?

गुल्मी जिल्लामा जन्म भई पूर्व बेलायती सेना समेत रहेका उनी बक्सर समेत हुन् । १९९६ मा ब्रिटिश गोर्खामा प्रवेश गरेका उनले १९९७ मा ब्रिटिश सेनाको तर्फबाट विभिन्न मुलुकमा भएका बक्सिङ खेल्न पुगेका थिए ।

दुई पटक सम्म एनआरएनए उपाध्यक्षको नेतृत्व सम्हालेका उनी गोर्खा विभागलाई नजिकबाट नियालेका व्यक्ति हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here