एनआरएन यूकेको अनलाइन मतदानको नतिजा ३ दिनसम्म आएन, उम्मेदवार र मतदाता आक्रोशित

एनआरएनए युकेको गत मंगलबार १२ बजे सकिएको अनलाइन निर्वाचनको रिजल्ट शुक्रबार सम्म पनि प्रकाशित नभएपछि उम्मेदवार र मतदाता आक्रोशित हुने अवस्था सृजना भएको छ। निर्वाचन समितिले अहिलेसम्म अगष्ट २ र ३ तारिख गरिएको निर्वाचनमा कति प्रतिशत मत खस्यो भनेर समेत सार्वजनिक गरेको छैन।

बेलायतस्थित संघसंस्था तथा अगुवाहरुले अनलाइन चुनाव गराएर नतिजा रोक्ने खेलको कडा विरोध गरेका छ्न। निर्बाचन नतिजा ढिलाई भएको बारेमा अध्यक्ष पदका प्रत्याशी प्रेम गाहा मगरले भने, निर्वाचन आयोगले सुरुवात देखि नै राम्रो निष्पक्ष काम गरिरहेको छैन, अहिले दुई दिन वितिसक्दा पनि केही अपडेट दिएको छैन, यो पूरै धाँधलीको संकेत हो ।

चुनाव गराउन जिम्मा दिएको कम्पनी च्वाइस भोटिंगले बिहीबार रिजल्ट दिदै गर्दा अन्तिम नतिजा आउनु केहि घण्टा अगाडी बुधबार राती हतार -हतार गर्दै पत्रकार सम्मेलन गरी अध्यक्षकी प्रत्यासी, रोजिना प्रधान राईले १,००० मत फर्जी परेको दावीगरेकी थिइन् । उनले एकै इमेलबाट १ हजार मत हालिएको दाबी गरेकी थिइन्  ।

संसारकै विकसित मुलुक बेलायतमा गरिएको एक निर्वाचनको मतपरिणाम सार्वजनिक हुन चार दिन लाग्नुलाई अस्वभाविक संकेत भएको धेरैको आंकलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here