एनआरएनए फ्रान्समा पहिलो महिला अध्यक्ष, गीता खनाल नेतृत्वको समेवेशी समुहको बहुमत[फोटो सहित]

गैर आवासीय नेपाली संघ एनआरएनए फ्रान्सको निर्वाचन आइतवार अगस्ट १ तारिखका दिन सम्पन्न भएको छ। निर्वाचनको नतिजा बेलुका ५ बजे प्राप्त भएको थियो। विधुतीय प्रविधि मार्फत सम्पन्न मतदानमा गीता खनालको नेतृत्वको समावेशी समुहले प्रमुख पदहरुमा विजय हाँसिल गरेको छ।

बिजयी हुनेमा अध्यक्षमा गिता थापा, उपाध्यक्षमा शिवराम भण्डारी, लोक बहादुर पुन र संगीता तिमिल्सिना (निर्विरोध),  महासचिवमा दिलिप गुरुङ, सचिवमा कमल बिक्रम केसी, कोषाध्यक्ष टिका अधिकारी, सह कोषाध्यक्ष महेश्वर (महेश) शर्मा, महिला संयोजकमा पार्वती खड्का, युवा संयोजकमा उमेश बन्जारा सदस्यहरुमा सुजिता सिटौला, मान बहादुर सेन्चुरी, राजेन्द्रबबु श्रेष्ठ सुमित्रा थापा र लक्ष्मण मल्ल रहेका छन। आइसीसी सदस्यमा समावेशी समुह तर्फ बाट अमर बहादुर भण्डारी र संस्थापन पक्षका एक बहादुर मल्लको बराबर मत (२२५) प्राप्त भएकोमा एकबहादुर मल्लले समावेशी समुहकै उम्मेद्वारलाइ आइसीसी सदस्यमा निर्वाचित घोषणा गर्न सहमतीय अधारमा जाने बताएपछि निर्वाचन समितिले सम्पूर्ण निर्वाचित पदाधिकारीहरु तथा सदस्यहरुलाइ पद तथा गोपनियताको सपथ गराउनुको साथै प्रमाण पत्र वितरण गरेको थियो।

सन् २००५ मा स्थापना भएको सँस्थाको ९ औं रास्ट्रिय महाअधिवेशन सम्म आइपुग्दा सँस्थाले पहिलो महिला नेतृत्व पाएको छ ।  सदस्य, महिला संयोजक, २ कार्यकाल बरिस्ठ उपाध्यक्ष हुँदै २०२१-२०२३ कार्यकालका लागि गीता खनाल थापा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो। अध्यक्ष पदमा कार्यभार सम्हाल्न सपथ ग्रहण गर्दै आफ्नो मन्तब्य दिने क्रममा उहाँले सवैले अपनत्व महसुस गर्ने र महिलालाइ प्राथमिकतामा राखेर कार्यक्रमहरु ल्याइने बताउनु भयो।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here