एनआरएनए फ्रान्सको चुनावमा कसरी गर्ने मतदान ? यस्तो छ भोट दिने तरिका (पूरा भिडियो हेर्नुस)

गैरआवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको निर्वाचन यहि आइतवार १ अगस्टका दिन सम्पन्न हुँदै छ ।अनलाइन मार्फत मतदान गर्नेगरी निर्वाचन समितिले तयारी अन्तिम चरणमा पुर्याएको जनाइएको छ । गत आइतवारनै सम्पन्न हुनुपर्ने निर्वाचन मतदान प्रणालीका बारेमा निर्वाचन समिति तथा उम्मेद्वारहरुविच समयमै आवस्यक छलफल नभएका कारण स्थगित भएको थियो।

निर्वाचनमा मतदान कसरी गर्ने भन्ने विषयमा अनलाइन मतदान गराउने नेपाआइटी कम्पनीले एक भिडियो उपलब्ध गराएको छ ।  ‘डेमो’ सार्वजनिक भएपछि अनलाइन मतदान गर्न अब सहज हुने विश्वास गरिएको छ ।

एनआरएनए फ्रान्सका पञ्जीकृत सदस्यहरुले इमेल मार्फत प्राप्त हुने लिंकमा क्लिक गरेर मतदान गर्न पाउनेछन् । पछिल्लो पटक सबै पञ्जीकृत सदस्यहरुले इमेल प्राप्त नगरेको विषयमा निर्वाचन समितिले इमेलको spam वा junk फोल्डरमा गएर अवलोकन गर्न सुझाएको छ। इमेल नआएको खण्डमा निर्वाचन समितिलाइ सम्पर्क गर्न सकिने बताइएको छ।

यसपटक अध्यक्ष पदमा वर्तमान बरिस्ठ उपाध्यक्ष गिता खनाल र महासचिव मिन श्रेष्ठ विच भिडन्त हुने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here