बिदाइ कार्यक्रममा निकै बेर भक्कानिए मेस्सी, पीएसजीमा स्वागत गर्न आइफल टावरनै रिजर्भ

बर्सेलोनाका स्टार तथा अर्जेन्टिनाका चर्चित अन्तरास्ट्रिय खेलाडी लियोनेल मेस्सीलाइ पीएसजीमा स्वागत गर्न आइफल टावरनै रिजर्भ गरिएको फ्रेन्च पत्रपत्रिकाहरुले बताएका छन्। मेस्सी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पीएसजी मध्य एकमा जान लागिरहेका समाचार यसअघि नै आएका थिए । तर पछिल्लो समय उनि पीएसजीमा जान लागेको कुरा लगभाग निश्चितनै देखिएको छ। हालै रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई भित्र्याएको पीएसजीले मेस्सीका लागि वर्षौदेखि प्रयास गरिरहेको थियो ।

क्लबबाट बिदा हुन अघि (आज) आइतबार मेस्सीले पत्रकार सम्मेलनको आफ्ना भनाइहरु राख्दै बिदा भएका छन्। बोल्ने क्रममा मेस्सी शुरुदेखि नै भावुक देखिएका थिए । कार्यक्रममा मेस्सी निकै बेर रोएका थिए । उनले क्याम्प नाउमा आफ्नो २१ वर्षे करियर अब समाप्त भएको घोषणा गरेका छन । ६ पटकका बालों दोर (ballon d’or) विजेताले अब नयाँ क्लबमा आफ्नो दक्षता पुस्टि गर्नु पर्ने भएको छ।

लिओनेल मेस्सीलाइ पिएसजीले २ बर्ष लागि लिने र एक बर्ष विकल्प (Option) मा राख्ने कुरा बाहिर आएको छ। २०२४ मा ओलम्पिक आयोजना हुने भएकोले पनि पेरिसले ठुलो रकम खर्च गरेर खेलकुदमा भव्यताका साथ आकर्षण थप गर्न लागेको बताइएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here