मन्त्रिपरिषदद्वारा दीपक अधिकारी लाइ फ्रान्सको लागि नेपाली राजदूतमा नियुक्तिको सिफारिस

मन्त्रिपरिषदले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारी लाइ फ्रान्सको लागि नेपाली राजदूतमा सिफारिस गरेको छ। तस्तै अन्य देशको लागि सिफारिस हुनेहरुमा गणेश ढकाल (थाइल्याण्ड), मणि भट्टराई (स्वीट्जरल्याण्ड) भृगु ढुंगाना (क्यानाडा) र दुर्गाप्रसाद भण्डारी (कुवेत) छन् ।

सिफारिस भएका परराष्ट्र अधिकारीहरुमध्ये ढकाल उत्तर पूर्वी एशिया, भट्टराई कर्मचारी प्रशासन, ढुंगाना दक्षिण एशिया, भण्डारी मध्य तथा पश्चिम एशिया तथा अफ्रिका र अधिकारी शिष्टाचार महापाल छन्।

राजदूतमा सिफारिस भएका सबैलाई संसदीय सुनुवाइ विशेष समितिमा पठाइने छ। संसदीय सुनुवाईबाट अनुमोदन भएपछि सम्बन्धित देशमा एग्रिमोका लागि पठाइने चलन छ। सम्बन्धित देशबाट एग्रिमो आएपछि राष्ट्रपतिबाट उनीहरु राजदूत नियुक्त हुनेछन्।

परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारी फ्रान्सका लागि आवासीय र एन्डोरा, मोनाको र पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिस भएका छन्। सरकारले उनलाई  युनेस्कोको स्थायी प्रतिनिधिसमेत तोकेको छ। फ्रान्समा अम्विकादेवी लुइटेल राजदूतको रुपमा कार्यरत छीन। उनको म्याद सकिनु अगावै सरकारले नयाँ राजदूतहरु सिफारिस गर्ने निर्णय गरेको हो। परराष्ट्र मन्त्रालयले राजदूत नियुक्ति सम्बन्धी नयाँ निर्देशिकामा कार्यकाल सकिनु तीन महिना अगाडि नै राजदूत नियुक्तीको प्रक्रिया सुरु गर्ने उल्लेख छ।

फ्रान्सकालागि आवासीय नेपाली राजदूतले पोर्तुगल पनि हेर्ने भएकोले पोर्तुगलको नेपाली समुदायबाट पनि उनको चयनलाई निक्कै चासोपुर्वकले हेरिएको छ । अहिले युरोपमा बेलायत पछि सबैभन्दा धेरै नेपाली पोर्तुगलमा रहेका छन् । पोर्तुगलमा बीस हजार भन्दा बढी नेपाली रहेको अनुमान गरिएको छ ।

सोमबार (९ पुष) मा पाँच देशमा राजदूत नियुक्तिको सिफारिस गरेको मन्त्रिपरिषदको त्यही बैठकले तीन देशमा रहेका नेपाली राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय पनि गरेको छ।

तिनमा अर्जुनजंगबहादुर सिँह (दक्षिण कोरिया), भरत रायमाझी (स्पेन) र चोपलाल भूषाल (बंगलादेश) छन्। यी मध्ये सिँह र भूषाल नेपाली कांग्रेस र रायमाझी राप्रपा सम्बद्ध हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here