एकता समाज फ्रान्सले पेरिसमा छक्का पञ्जा–३ प्रदर्शन गर्ने ।

१६ दिसेम्बर २०१८ आईतबारको दिन परेर पेरिस नजिकै बोबिनी स्थित हलमा नेपाली चलचित्र छक्का पन्जा ३ देखाइने छ। नेपाली कला संस्कृति लाई माया गर्दै फ्रान्समा रहेका नेपालीहरूलाई मनोरन्जन दिने र संस्थाको आकस्मिक कोष बृद्दी गर्न चलचित्र प्रदर्शन गर्न लगिएको एकता समाज फ्रान्सले जानाएको छ ।

छक्का पञ्जा–३ युरोपका बिभिन्न २० भन्दा शहरमा सफल प्रदर्शन भैसकेको छ । नेपालमा मात्र नभइ विदेशमा पनि यो चलचित्रले अत्याधिक आम्दानी गर्न सफल भएको छ । घटस्थापना अर्थात असोज २४ देखि प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा–३ ले हालसालै ५१ औँ दिन पार गर्न सफल भएको छ। दीपाश्री निरौंला निर्देर्शित र दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाई, शिवहरि पौडेल, शिशिर वांग्देल, नीर शाह, किरण केसी, जयनन्द लामा लगायतको अभिनय रहेको चलचित्रको कार्यकारी निर्माता जीतु नेपाल र केदार घिमिरे हुन् । चलचित्रले अहिलेसम्म १८ करोडको व्यवसाय गरेको निर्देशक दीपाश्री निरौलाले बताइन् । ‘हामीले यसमा कमेडी विथ कन्टेन भनेर अगाडी बढेका थियौं’ उनले भनिन्– ‘जसलाई दर्शकले मन पराउनु भयो ।’ उनले चलचित्रले ५१ औँ दिन मनाउन सफल भएकोमा दर्शक, मिडियाकर्मी तथा हल संचालकलाई धन्यवाद समेत दिइन् ।

फ्रान्समा चलचित्र हेर्न चाहने दर्शकहरुको लागि टिकेट बिक्रि एक महिना अगाडी देखि नै सुरु भएको थियो। अहिले केहि सिमित टिकेट मात्र बाकी भएको संस्थाले सूचना मार्फत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here