काँग्रेस महासमिति बैठकमा तनावः केसीले बोल्दै गर्दा डा. महतले माइक खोसे ( भिडियो सहित )

नेपाली काँग्रेसको जारी महासमिति बैठकमा विधानको विषयमा विवाद उत्पन्न भएको छ । नुवाकोटाका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले बोल्न खोज्दा सहमहामन्त्री डा. प्रकाशरण महतले माइक खोसेपछि बैठक स्थगित भएको थियो।

उपस्थित महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान नआएसम्म महासमितिको बैठकमा छलफल नगर्ने भन्दै बोल्न थालेपछि तनाव सिर्जना भएको हो। बैठक सुरु भएको केही बेरमै नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले अगाडि गएर विधान नआएसम्म महासमितिमा छलफल गर्न नसक्ने भन्दै बोलेपछि पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले उनले बोल्दै गरेको माइक खोसेका थिए। माइक खोसेपछि केही महासमिति सदस्यहरु र प्रकाशशरण महतबीच धकालाधकेल भएको एक प्रतिनिधले जानकारी दिए ।

उनीहरुबीच माइक खोसाखोस हुँदा माइकमा समेत क्षति पुगेको उनले बताए । उनका उनुसार, विधान मस्यौदा केन्द्रीय समितिबाट पारित भएर नआएसम्म महासमिति बैठक चल्न दिँदैनौं भनेर जगदिश्वर नरसिंह केसीले भनेका थिए यसै बिषयलाई लिएर तनाव सिर्जना भएको हो । अहिले केन्द्रीय नेताहरुले विवाद समाधानका लागि पहल गरिरहेका छन् भने बैठक स्थगित भएको छ । विधान मस्यौदालाई सहमति जुटाउन भन्दै हिजो दिउँसो बैठक बस्न सकेको थिएन भने वेलुका बसेको बैठकले पनि केही ठोस निर्णय निकाल्न सकेको छैन ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here