तमु समाज फ्रान्सले आयोजना गर्ने तमु फो-ल्होसार सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा ।

तमु समाज फ्रान्सले आयोजना गर्न गइ रहेको तमु फो-ल्होसार बिशेष सांस्कृतिक कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा पुगेको छ। तमुहरु (गुरुङ) को मौलिक भेषभुषा, भाषा, संस्कार, संस्कृति र पहिचान लाई संरक्षण, सम्बर्द्धन, प्रबर्द्धन र बिकासको निम्ति फ्रान्समा स्थापित तमु समाज फ्रान्सले प्रत्येक बर्ष झैं यस बर्ष पनि तमु फो-ल्होसार यहि आउदो ३० डिसेम्बर २०१८ आइतबारका दिन सामुहिक रुपमा मनाउने भएको हो।

शुभकामना आदानप्रदान गर्दै फ्रान्सका रहेका स्थानीय कलाकारहरुको साथमा बिशेष सांस्कृतिक कार्यक्रम गर्दै भव्यताका साथ कार्यक्रम सम्पन्न गर्ने संस्थाले बताएको छ।

पेरिस नजिकै Drancy सहरमा दिउसो १ बजे देखि बेलुका सम्म हुने कार्यक्रममा सांस्कृतिक कार्यक्रमका साथै नेपाली खानाको पनि व्यवस्था हुने र कार्यक्रमको प्रवेश शुल्क १२ युरो हुनेछ। 

उक्त कार्यक्रमलाई ऐतिहासिक रुपमा भव्य र सभ्य सफल बनाउनको लागि फ्रान्समा स्थापित सम्पुर्ण नेपाली संघ संस्थाका प्रमुख, प्रतिनिधि, व्यावसायी, समाजसेवी, पत्रकार, बुद्धिजीवी, शुभचिन्तक, दाजुभाइ तथा दिदिबहिनीहरु लाई फो-ल्होसार सांस्कृतिक कार्यक्रममा गरिमामय उपस्थितिको लागि तमु समाज फ्रान्सले अनुरोध तथा निमन्त्रणा गरेको संस्थाका अध्यक्ष चित्र गुरुङले बताउनु भएको छ ।

स्थान – 12 rue de Stalingrad 93700 drancy, T1 ko station “Escadrille Normandie Niemen”

प्रबेश शुल्क :- मात्र १२ युरो ( १२ बर्ष भन्दा मुनिका नानीबाबुहरुलाई निशुल्क प्रबेश )

गत बर्षका केहि झलकहरु :

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here