फ्रान्स: स्ट्रास्बर्गस्थित क्रिसमस बजारमा गोली चलाउने बन्दुकधारी प्रहरी इन्काउन्टरमा मारिए

फ्रान्सको स्ट्रास्बर्गस्थित क्रिसमस बजारमा गोली चलाउने बन्दुकधारी प्रहरीसँगको गोली हानाहानको क्रममा मारिएका छन्।
एउटा प्रहरी टोलीले शेरिफ शेकाटलाई त्यो शहरको एक सडकमा फेलापारेको थियो। शेकाटको अनुहार क्रिसमस बजारमा भएको आक्रमणमा शंकास्पद भनेर सार्वजनिक गरिएको तस्बिरसँग मिल्दोजुल्दो भेटिएपछि गस्तीमा रहेका ३ जना प्रहरीको समुहले उनलाई रोक्ने प्रयास गरेको फ्रान्सका आन्तरिक मन्त्री क्रिश्टोफर कास्टानेले बताए। सोही क्रममा उनले फर्केर गोली प्रहार थालेपछि उनीविरुद्ध प्रहरीले गोली चलाएको त्यसपछि शेकाटको मृत्यु भएको मन्त्रीले खुलाए।
मंगलबार स्ट्रास्बर्गको क्रिसमस बजारमा भएको आक्रमणमा ४ जनाको ज्यान गएको थियो भने १२ जना घाइते भएका छानौ  जस मध्य ५ जना को अवस्था गम्भीर छ ।
शेकाटको खोजीमा सयौँ फ्रान्सेली प्रहरी र सुरक्षा फौजहरू खटेका थिए। स्थानीय समयानुसार बेलुकी ९ बजे शेकाट प्रहरीको नजरमा परेका थिए । सो हमलासँग सम्बन्धित ५ जना मानिसहरू नियन्त्रणमा लिइएका छन् । ती मध्ये दुई जना उनका आमाबुवा र दुई जना भाइहरू छन्। ईस्लामिक आतंकबादी समुह ISIS लेख  घटनाको जिम्मेवारि  लीएको छ ।
स्ट्रासवर्गका मेयर रोल्यान्ड राइजका अनुसार शेकाट भेटिनुले ठूलो अर्थ राख्छ । चिन्तित र भयभीत मानिसहरूको जीवन सामान्य बन्न मद्दत मिल्ने उनले बताए । पछिल्लो कारबाहीमा मारिएका २९ वर्षीय शेरिफ शेकाट फ्रान्स र जर्मनीमा विभिन्न आपराधिक कार्यहरूमा यसअघि पनि संलग्न रहेको प्रहरीको भनाइ छ। उनी कारागारमा हुँदा कट्टर इस्लामवादी बनेका थिए।  फ्रान्सेली राष्ट्रपती एमानुएल माक्रोनले सुरक्षा फौजलाई ट्वीटमार्फत धन्यवाद दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here