मिस वर्ल्डको टप १२ सम्म पुगेर पनि बाहिरिइन् श्रृखंला खतिवडा (भिडियो सहित)

मिस नेपाल शृंखला खतिवडा मिस वर्ल्डको अन्तिम १२ बाट बाहिरिएकी छन्।  शृंखला एशियाबाट छनौट हुदै अन्तिम १२ मा पुगे पनि थाइल्याण्डकी सुन्दरीसँग पराजित हुदै मिस वर्ल्डबाट बाहिरिएकी हुन् ।

एशिया र ओसियानियाबाट नेपाल, न्यूजिल्याण्ड र थाइल्याण्ड अन्तिम १२ मा पुगेका थिए भने ३ जनामध्ये मिस थाईल्याण्डले नेपाल र न्युजील्याण्डकि सुन्दरीलाई पराजित गर्दै मिस वर्ल्ड एशिया र ओसियानियाको उपाधि जित्दै अन्तिम ५ मा पुगेकी हुन्।

थाइल्याण्डसहित युरोपबाट बेलारुस, अफ्रिकाबाट युगान्डा, अमेरिकाबाट मेक्सिको र क्यारेबियनबाट जमैका अन्तिम ५ मा पुगेका छन्।

हरेक कन्टिनेन्टबाट एक जना मिस वर्ल्ड छानिएकोमा मिस वर्ल्ड युरोपको उपाधि बेलारुसले जितेको छ। त्यस्तै मिस वर्ल्ड क्यारेबियनको उपाधि जमैकाले जितेको छ। मिस वर्ल्ड अमेरिकाको उपाधि मेक्सिकोले जितेको छ। त्यस्तै मिस वर्ल्ड अफ्रिकाको उपाधि  युगान्डाले जितेको छ भने मिस वर्ल्ड एशिया र ओसियानिया थाइल्याण्डले जितेको छ।

यस अघि क्यरिबियनबाट जमैका, मार्टिनिक त्यस्तै युरोपबाट बेलारुस, फ्रान्स र स्कटल्याण्ड, त्यस्तै अमेरिका क्षेत्रबाट मेक्सिको र पानामा, अफ्रिकाबाट युगान्डा र मरिसस, एशिया र ओसियानियाबाट नेपाल, न्यूजील्याण्ड र थाइल्यान्ड मिस वर्ल्डको अन्तिम १२ मा पुगेका थिए ।

 टप १२ मा प्रवेश गर्दा को भिडियो :

टप ५ मा पुग्नु अगाडी बाहिरिदाको भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here