मैले जवाफ दिएँ भने बुद्धिजीवीहरू थला पर्छन भन्दै पड्किए प्रधानमन्त्री

एसिया प्यासिफिक सम्मेलन सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही बुद्धिजीवीमाथि प्रश्न गर्दै आफूले जवाफ दिए थला पर्ने बताएका छन्।

नेपाल टेलिभजनबाट प्रशारण हुने जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बताएका हुन्।

‘कुनै कुनै बुद्धिजीवीहरूका टिप्पणी अत्यन्तै असभ्य तल्लो स्तरका देख्छु। त्यस्ता बुद्धिजीवीहरूलाई एक पटक मसँग पहिले सञ्चार माध्यममा आउनुभन्दा अगाडि, किनभने जवाफ दिँदा उहाँहरू थला पर्ने सम्भावाना हुन्छ। त्यसकारण म थला पार्न चाहन्नँ। उहाँहरूलाई म जान्दछु। त्यसकारण मसँग एक पटक उहाँहरूले वादविवाद गर्न अथवा मसँग सत्यहरूको सम्बन्धमा बहस गर्न इच्छा गर्नु भएको हो कि होइन? म उहाँहरूलाई सोध्न पनि चाहन्छु उहाँहरूका असलीयतहरू- जस्ता असभ्य ढंगले उहाँहरूले बोल्नु पनि भएको छ। त्यसमा अलिकती असलीयतहरू बाहिर आउँदा के हुन्छ। अलिक विचार गरे हुने हो।

मलाई कति मात्र भन्न मन छ भने सरकारकै भत्ता खाने पेन्सन खाने सुविधा लिने, अनि जथाभावी गैरजिम्मेवार ढंगले बोल्ने प्रवृत्ति एउटा, गोपनीयताहरूको वास्ता नगर्ने प्रवृत्ति अर्को। यस्ता प्रवृत्तिहरू र अत्यन्त अनुत्तरदायी र झुटो प्रचार गर्ने, अर्को मैले देखेको छु। यस्तो भएको हुनाले, त्यो त किनेको जस्तो पारिश्रमिक जस्तो यस्तो गरेर यस्तो भएको भन्ने अत्यान्त अपमानजनक ढंगले म जवाफ दिइरहन चाहन्नँ। तर उहाँहरूलाई म सोधी चै रहन्छु। जवाफ दिउँ?’

 

 

सामाजिक संजालमा रमाइलो

पूर्ण अन्तरबार्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here