हलिउडका चर्चित अभिनेता मोर्गन फ्रीम्यान दौरासुरुवालमा काठमाडौँ घुम्दै

केही दिनदेखि नेपालमा रहेका हलिउडका चर्चित अभिनेता मोर्गन फ्रीम्यान नेपाली भेषमा काठमाडौँमा हिडिरहेको देखिएका छन्। ‘द स्टोरी अफ दी गड’ टेलिश्रृंखलाको छायांकनका लागि फ्रीम्यान काठमाडौँ आएका हुन्।

फ्रीम्यान दौरासुरुवाल, पाल्पाली ढाकाको अस्कोट र खैरो रंगको कोटमा देखिएका छन्। ८१ वर्षका फ्रीम्यान इन्भिक्टस चलचित्रमा दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको भूमिकामा देखिएका थिए।

‘मिलियन डलर बेबी’ चलचित्रमा फ्रीम्यानले ओस्करमा अवार्ड जितेका थिए।

सोही विषयमा जानकारी दिँदै काठमाडौँस्थित नेपालका लागि अमेरिकी दूताबासले आधिकारिक फेसबुक पेजमा लेखेको छ, ‘हाम्रा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी परियोजनाहरुको क्रममा हामीलाई सधैँ सोधिनेमध्ये एक प्रश्न हो, सम्पदा संरक्षण किन महत्वपूर्ण छ? धेरैमध्ये एक उत्तर यो हो कि भविष्यका आउने पुस्ताहरुसँगै हलिउडका महान कलाकार मोर्गन फ्रीम्यानजस्ता कयौँ पर्यटकहरुका लागि तिनलाई जोगाउन। उहाँलाई नेपाली दौरा सुरुवाल लगाएर काठमाडौँका सांस्कृतिक स्थलहरुमा घुम्दा गजब सुहाएको छ, छैन त?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here