युरोपका बिभिन्न ठाउमा ठुलो हिमपात र हावाहुरी

फ्रान्समा केहि दिन देखि बढेको चिसो र हिमपातका कारण धेरै ठाउको जन जीवन अस्त व्यस्त बनेको छ। बिशेष गरि पूर्वी तथा दक्षिणी क्षेत्रमा मंगलबार रातभर व्यापक हिमवर्षा भएकोले विद्युत आपूर्ति तथा सडक यातायातमा समस्या आएको हो जसका कारण सवारी चालक तथा यात्रुहरूले गाडीभित्रै सुतेर रात विताउनु परेको थियो।

हिउँका कारण कति ठाउहरुमा रेल सेवा पनि अबरुद्द बनेको थियो। फ्रान्सको मौसम विज्ञान विभागले नागरिकहरुलाइ सुरछित रहन अपिल गरेको छ। पांच ओटा जिल्ला l’Ain, l’Ardèche, la Drôme, la Loire र le Rhône मा अझै पनि खतराको संकेत “ओरेन्ज” मा रखिएको छ। फ्रान्सको दोस्रो ठुलो सहर Lyon नजिकै २० सेन्टिमिटर सम्म हिउँ परेको मेतेओ फ्रान्सले जनाएको छ। केहि सडकहरुमा माल बाहक ट्रकहरुलाइ प्रवेश निषेध गरिएको छ।  हिउँकै कारण भएको एक सडक दुर्घटनामा एक ७५ बर्सिय महिलाको निधन भएको छ भने ४ जना घाइते भएका छन।

इटालीमा ९ जनाको मृत्यु
ठुलो हावा हुरीको कारण इटालीमा ९ जनाको मृत्यु भएको छ। मृत्य हुनेमा २ जना ढलेको रुखले थिचिएर ज्यान गुमाएका थिए भने १ जना महिला हिलोमा पुरिएर ज्यान गुमाएकी थिइन। १८०km/h को गतिमा चलेको हावा हुरीले जन जीवन अस्त व्यस्त बनाएको थियो। Gênes मा एउटा एरोपोर्ट नै बन्द गरिएको थियो। इटालीमा पनि हिउँ १ मिटर सम्म परेको त्यहाँका अधिकारिहरुले बताएका छन। १७० जना मानिसहरु त्यहाँको हिमाली छेत्रमा सम्पर्क बिहिन हुन पुगेका थिए, अहिले तिनीहरको उद्दार कार्य हुदैं छ।

©MASSIMO PERCOSSI/EPA/MAXPPP – epa07128952 A tree fell on a parked car in Via Carlo Felice in Rome, Italy, 29 October 2018, due to bad weather. In many cities, including Rome, schools are closed on Monday due to extreme weather. EPA-EFE/MASSIMO PERCOSSI

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here