कांग्रेसको चियापानमा एक लाखलाई निम्ता

प्रमुख प्रतिपक्ष दल कांग्रेसले दसैं–तिहारलगायत पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न शुक्रबार चियापान कार्यक्रम आयोजना गर्दै छ । कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख जनालाई निम्तो दिइएको पार्टीले जनाएको छ । हालसालै नेकपाले गरेको चियापान कार्यक्रममा ५० हजारलाइ निम्ता गरिएको थियो।

काँग्रेस प्रवक्ता शर्माका अनुसार ३ जिल्लाको आयोजनामा ललितपुरको सानेपामा कार्यक्रम भइरहँदा सोही समयमा बाँकी रहेका ७४ जिल्लाले सदरमुकाममा चियापानको आयोजना गर्नेछन् । शर्माले सबैलाई समेट्ने उद्धेश्यले यस पटकदेखि जिल्लाहरुमा पनि चियापान राखिएको बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here