ब्राजीलको राष्ट्रपतिय चुनाव: चरम दक्षिणपन्थी नेता जेयर बोलसोनारो राष्ट्रपति चुनिए

ब्राजीलका डोनाल्ड ट्रंप भनिने जेयर बोलसोनारो को कार्यकाल एक जनवरी 2019 बाट सुरु हुनेछ

ब्राजीलको राष्ट्रपतिय चुनावमा चरम दक्षिणपन्थी नेता जेयर बोलसोनारो विजेता घोषित भएका छन. सीएनएनका अनुसार सुप्रीम इलेक्टोरल ट्रिब्यूनलले आइतबार राति उनि बिजयी भएको घोषणा गरेको थियो ।

पहिलो चरणको चुनावमा बिजयी भएका बोलसोनारो दोस्रो चरणको चुनावमा आफ्ना प्रतिद्वन्दी फर्नाडो हद्दादलाइ सजिलै पराजित गर्दै चार बर्षको लागि रास्ट्रपति पद सुनिस्चित गरेका हुन।  बोलसोनारोले 55.54 प्रतिशत मत प्राप्त गर्दै बिजयी भएका हुन।

सोसलिस्ट पार्टीका पुर्व रास्ट्रपतिहरु भ्रष्टचारको आरोपमा मुद्दा खेपिरहेको अवस्थामा ब्रजिलिएनहरुले विवादित मन्तब्य दिदै हिडने बोलसोनारोलाइ बिजयी बनाउदै पुरानो संरचना बिरुद्द रिस पोखेको विश्लेषकहरुले बताएका छन।  

पहिलो चरणको चुनावी दौरानमा बोलसोनारोलाइ एक व्यक्तिले छुरा प्रहर गरेको थियो। पेटमा गहिरो घाउ भएपछी उनि २३ दिन अस्पतालमा बिताएका थिए।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here