बेल्जियमको जनसम्पर्क समिति विभाजित, नयाँ कार्यसमिति घोषणा

बेल्जियममा रहेको नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति औपचारिक रुपमा विभाजन भएको भनि घोषणा गरिएको छ  । नेपाली जनसम्पर्क समितिका महामन्त्रि सुभाष गुरुङको नेतृत्वमा आइतवार राति लुभेनमा भएको एक भेलाले वर्तमान सभापति सिता सापकोटाको नेतृत्व नमान्ने घोषणा गर्दै नयाँ कार्यसमिति गठन गरेको हो ।

चरम गुटबन्दीमा फसेको वेल्जियमस्थित नेपाली जनसम्पर्क समितिकी सभापति सिता सापकोटाले कांग्रेस उपसभापति विमलेन्द्र निधी युरोप भ्रमणमा आउदा पार्टी अनुशासन भन्दा वाहिर गएर अभिव्यक्ति दिएको, नेपाली कांग्रेस केन्द्रिय कार्यालयको निर्देशन पटक पटक अवहेलना गरेको तथा अर्का बरिष्ठ नेपाल रामचन्द्र पौडेलको युरोप भ्रमण विवादस्पद वनाएको समेत आरोप सुभाष गुरुङ समुहले लगाउदै आएका थिए ।

गुरुङले नयाँ कार्यसमितिको बैठक २८ अक्टोवरमा बस्ने निर्णय भएको जानकारी दिदैं सो बैठकबाट सबै कांग्रेस कार्यकर्ताहरुलाई समेटर लैजाने वताए ।

 

1 COMMENT

  1. देशमा होस बिदेश मा नेपालीको धर्म गुटबन्दी विभाजन हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here