एन आर एन ए स्पेनद्वारा आयोजित नेपाल प्रमोशन डे बार्सिलोनामा भब्य रूपमा सम्पन्न

एन आर एन ए स्पेनले बार्सिलोनामा रहेको पर्यटकीय स्थल सागर्दा फेमिलीया चर्च अगाडी नेपाल प्रमोशन डे भब्य रूपमा सम्पन्न गरेको छ । 

कार्यक्रमा नौमती बाजाको विशेष आकर्षणरहेको थियो । जुन बाजा एन आर एन स्पेनद्वारा लोक दोहोरी प्रतीष्ठान यूरोप शाखा लाई सहकार्य गरेर खरिद गरेर सहयोग गरेको थियो । नेपालीहरूको महान चाड दशै मनाउदै स्पेनमा रहेका नेपालीहरूका विभीन्न संघसंस्थाहरू सहभागी बनेका थिए । बिदेशीहरूले पनी दशैको टिका ग्रहण गरेका थिए । 

कार्यक्रममा नेपालीहरू आ आफ्नो संस्कृती झल्काउने पोशाकमा उपस्थीत थिए । नेपाली ढाका टोपी दौरा सुरूवालममा नेपाली झन्डा बोकेर प्राय जसो प्रतिनीधी हरू उपस्थीत बनेका थिए ।

गैर आवासीय नेपाली संघ स्पेनका अध्यक्ष चिन्तामणी सापकोटाले यस्ता खालका कार्यक्रमहरूलाई निरन्तरता दिदै जानु पर्ने बताउदै कार्यक्रम सफल भएको मा सबै सहभागी हरू लाई बिशेष धन्यबाद दिएका थिए ।

स्पेन आई सी सी शितल भुर्तेल भुसाल ले पर्यटकहरुमाझ चर्चित र धेरै आवतजावत गर्ने ठाउमा कार्यक्रम गर्न पाएको यसबाट नेपाल पहिचानमा गराउन सहयोग पुगेको वताईन । नेपाली बाजा सगै स्थानिय कलाकारहरूको प्रस्तुतीले पर्यटकहरूको ध्यान आकार्षण गरेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here