स्याङ्जा समाज फ्रान्सको पहिलो सम्मेलन सम्पन्न, तदर्थ समिति गठन

syangja samaaj france

यहि २१ नोभेम्बर २०२१ का दिन स्याङ्जा समाज फ्रान्सले आफ्नो पहिलो सम्मेलन सम्पन्न गर्दै एक तदर्थ समिति गठन गरेको छ। नवगठित समितिमा अरुण गुरुङ अध्यक्षमा र उदय राज पाण्डेले सचिवको जिम्मेवारी ग्रहण गरेका छन्। स्याङ्जा समाज फ्रान्सले यस अघिनै विभिन्न भेला तथा खेलकुदमा सहभागी हुदैं सँस्था गठनको लागि स्याङ्जाहरुलीहरु विच परामर्श गर्दै आएको थियो।

एनआरएनए फ्रान्सका पुर्व अध्यक्ष घनश्याम पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनए फ्रान्सकी अध्यक्ष गीता खनाल थापा, मगर समाज फ्रान्सका अध्यक्ष बिष्णु सारु मगर र एनआरएनए फ्रान्सका महासचिव दिलिप गुरुङ मगर समाज फ्रान्सका भू पु अध्यक्ष रमेश थापा मगर, गोबिन्द हमालको अतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले आफुहरुले सके सम्म आफ्नो क्षेत्र स्याङ्जाको लागि कामहरु गर्ने उदेश्य रहेको र सबैको साथ सहयोगको आशा गरेको बताए।

संस्थापक प्रमुख संरक्षक घनश्याम पौडेल
संरक्षक ज्ञान बहादुर गुरुङ
संरक्षक रमेश थापा मगर

सल्लाहकार समिति
श्रीमती गीता खनाल थापा (अध्यक्ष , NRNA फ्रान्स )
श्री बिष्णु सारु मगर (अध्यक्ष , मगर समाज फ्रान्स)
श्री दिलिप गुरुङ (महासचिब,NRNA फ्रान्स )
श्री गोबिन्द हमाल

कार्यसमिति
अध्यक्ष श्री अरुण गुरुङ

ब. उपाध्यक्ष सुमन कार्की
उपाध्यक्ष दिल बहादुर नेपाली

सचिब उदय राज पाण्डेय

कोषाध्यक्ष सुनिल चापागाई

महिला संयोजक सीता गुरुङ

युवा संयोजक बिपिन सारू मगर

सास्कृतिक संयोजक अंकित गुरुङ

सदस्य राज लामिछाने



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here